Saturday, May 14, 2011

सरकारद्वारा २६ सचिवको सरुवा

सरुवामा अनुभव र विशेषज्ञताको उल्लंघन
काठमाडौं ३१ वैशाख- सरकारले २६ जना विशिष्ट श्रेणीका अधिकृत सचिव हरुको सरुवा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले दिएको म्यान्डेटअनुसार उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको संयोजकत्वमा तीन मन्त्री राखेर गठित समितिले ठूलो संख्यामा सचिवहरुको हेरफेर गरेको हो । समितिमा उपप्रधान एवं गृह मन्त्री कृष्णबहादुर महरा र सामान्य प्रशासन मन्त्री युवराज कार्की सदस्य थिए । समितिले प्रधानमन्त्री झलनाथ खनालसित सल्लाह गरी विशिष्ट श्रेणीका अधिकारीहरुको सरुवा गरेको हो । सरकारले सचिव सरुवामा विशेषज्ञता र अनुभवको उल्लंघन गरेको छ ।
सरकारले गृह मन्त्रालयमा लीलामणि पौडेल अर्थमा कृष्णहरि बाँस्कोटा स्थानीय विकासमा सुशील घिमिरे वाणिज्य तथा आपूर्तिमा सुशीलजंग राणा पर्यटन तथा नागरिक उड्डयनमा गणेशराज जोशी वन तथा भू-संरक्षणमा छविराज पन्तलाई सरुवा गरेको जानकारी सामान्य प्रशासन मन्त्री युवराज कार्कीले दिए ।
यसअघि पौडेल प्रधानमन्त्री कार्यालयमा घिमिरे सूचना तथा साचारमा राणा युवा तथा खेलुकदमा जोशी वातावरणमा पन्त मन्त्रिपरिषद सचिवालयको सचिव थिए । अर्थमा राजस्व सचिव रहेका बाँस्कोटालाई पूरै मन्त्रालयको सचिव बनाइएको हो । यसअघि दुई सचिव रहने गरेको अर्थमन्त्रालयका अब एक जनामात्र सचिव राखिनेछ ।
कार्कीका अनुसार सामान्य प्रशासन मन्त्रालयमा प्रतापकुमार पाठक ऊर्जा मन्त्रालयमा बालानन्द पौडेल िसंचाइ मन्त्रालयमा ताना गौतम उद्योगमा शंकर कोइराला महिला बालबालिका तथा समाज कल्याणमा आनन्द पोखरेल युवा तथा खेलकुदमा श्रीराम पन्त वातावरणमा कृष्ण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गोविन्द कुसुम र पुरुषोत्तम ओझालाई सरुवा गरिएको छ ।
यसअघि पाठक उद्योगमा पौडेल सामान्य प्रशासनमा गौतम राष्ट्रिय सतर्कता केन्द्रमा कोइराला नेपाल ट्रष्टको कार्यालयमा पोखरेल सूचना आयोगमा पन्त मुक्त कमैया पुनःस्थापना समितिमा कुसुम गृह मन्त्रालयमा र ओझा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।
सरकारले योजना आयोगमा युवराज भुषाल लोकसेवा आयोगमा श्याम मैनाली निर्वाचन आयोगमा किशोर थापा जल तथा ऊर्जा आयोगमा शीतलबाबु रेग्मी राष्ट्रिय सतर्कता केन्द्रमा यज्ञ गौतम नेपाल ट्रष्टको कार्यालयमा वृन्दा हाडा सूचना आयोगमा उमाकान्त झालाई सरुवा गरेको छ । यसअघि भुषाल वन तथा भूसंरक्षणमा मैनाली जल तथा शक्ति आयोगमा थापा पर्यटनमा रेग्मी ऊर्जा मन्त्रालयमा गौतम निर्वाचन आयोगमा हाडा योजना आयोगमा झा िसंचाइ मन्त्रालयका सचिव थिए ।
सरकारले डेढ महिना अघि सचिव बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ । ती चार जनामा श्रीधर गौतमलाई सूचना तथा साचार मन्त्रालयमा हरि नेपाललाई पश्चिमााचल क्षेत्रीय प्रशासन कार्यालयमा जयमुकुन्द खनाललाई क्षेत्रीय प्रशासन कार्यालय सुदूर पश्चिममा सोमलाल सुवेदीलाई अतिरिक्त समूहमा राखिएको छ । सुवेदीलाई क्षेत्रीय प्रशासन कार्यालयमा जान नमानेकाले अतिरिक्त समूहमा राखी प्रधानमन्त्री कार्यालयमा काजमा राखिने जानकारी उच्च स्रोतले दिएको छ । क्षेत्रीय प्रशासन कार्यालयहरु पूर्वााचलमा धरणीधर खतिवडा मध्यमााचलमा हरेराम कोइराला र मध्यपश्चिममा धनराज रतालालाई पुनः कामु क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको छ । यसअघि उनीहरु निमित्त क्षेत्रीय प्रशासक थिए ।
गौतम सबभन्दा कनिष्ठ सचिव भए पनि सूचना तथा साचार जस्तो महत्वपूर्ण मन्त्रालय पाउने भाग्यमानी सचिव बनेका छन् । सचिवहरुको सरुवामा अनुभव र विशेषज्ञतालाई उल्लंघन गरिएको छ । ऊर्जा र िसंंचाइका अनुभवी सचिवद्वय शीतलबाबु रेग्मी र उमाकान्त झालाई अन्यत्र सरुवा गरेर ती मन्त्रालयमा गृह र अर्थको अनुभव भएका क्रमशः ताना गौतम र बालानन्द पौडेललाई ल्याइएको छ ।
गृह प्रशासनमा अनुभवी आधा दर्जनभन्दा बढी सचिव भए पनि गृह मन्त्रालयको सचिवमा फेरि पनि गृहको अनुभवै नभएका लीलामणि पौडेललाई लगिएको छ । गृहका यसअघिका सचिव गोविन्द कुसुमसमेत गृह प्रशासनमा अनुभवी थिएनन् । वाणिज्यका अनुभवी सचिव पुरुषोत्तम ओझालाई प्रधानमन्त्री कार्यालयमा लगेर थन्क्याइएको छ भने वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्यको अनुभवै नभएका सचिव सुशीलजंग राणालाई लगिएको छ । वातावरण र कृषिको अनुभवी सचिव गणेशराज जोशीलाई पर्यटन तथा नागरिक उड्डयनमा लगिएको छ भने अर्थका अनुभवी कृष्ण ज्ञवालीलाई स्थानीय विकासबाट वातावरण मन्त्रालयमा लगिएको छ । वरिष्ठ सचिव वृन्दा हाडालाई अपमानपूर्वक नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ ।
आफ्नो मन्त्रालयमा यथावत् रहनेमा थौरै सचिवमात्र छन् । यथावत रहनेमा शिक्षाका शंकर पाण्डे रक्षाका नवीन घिमिरे भूमिसुधारका केशव भट्टराई शान्तिका ध्रुव शर्मा भौतिक योजना तथा निर्माणका पूर्ण कडरिया विज्ञानका रामहरि अर्याल श्रम तथा यातायातका दिनेशहरि अधिकारी संस्कृतिका मोदराज डोटेल कृषिका नाथुराम चौधरी राष्ट्रपति कार्यालयका सचिव वामन न्यौपाने उपराष्ट्रपति कार्यालयका बज्रकिशोरप्रसाद िसंह परराष्ट्रका मदन भट्टराई कानुनका चार र स्वास्थ्यका दुई सचिव तथा मन्त्रिपरिषद सचिवालयका बिमल वाग्ले छन् ।


No comments:

Post a Comment