Thursday, May 19, 2011

चार पूर्वगृहमन्त्री र अमरेशद्वारा गाडी फिर्ता गर्न अटेरी

पौडेल र गौतमद्वारा गाडी फिर्ता
काठमाडौं ५ जेठ- चार पूर्व गृह मन्त्री र एक पूर्व सांसदले सरकारको आग्रहलाई बेवास्ता गर्दै गाडी फिर्ता नगरी अटेर गरिरहेको जानकारी गृह मन्त्रालयका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार अटेर गरी गाडी फिर्ता नगर्ने पूर्व गृह मन्त्रीमा एमालेका नेताद्वय केपी ओली र भीम रावल कांग्रेसका केन्द्रीय सदस्यद्वय खुमबहादुर खड्का र पूर्णबहादुर खड्का तथा पूर्व सांसद अमरेशकुमार िसंह छन् । गृह मन्त्रालयले उनीहरुलाई गाडी फिर्ता गर्न दोस्रोपटक ताकेता गर्ने तयारी गरेको छ ।
सार्वजनिक लेखा समितिको निर्देशनअनुसार सरकारले दुई साताअघि गरेको आग्रहबमोजिम पूर्व गृह मन्त्रीद्वय कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले नेता बामदेव गौतमले भने गाडी सुविधा फिर्ता गरेका छन् । बाँकी चार पूर्व गृह मन्त्रीले भने सरकारले गाडी फिर्ता गर्न आग्रह गरे पनि अटेर गरिबसेको जानकारी स्रोतले दिए । सरकारले पूर्व गृह मन्त्री र पूर्व सांसदलाई प्रतिमहिना २÷२ सय लिटर पेट्रोल र मर्मत खर्चसमेत िदंदै आएको छ ।
स्रोतका अनुसार बिना हैसियत सरकारी गाडी चढ्दै आएका पूर्व सांसद िसंहले समेत गृह मन्त्रालयको निर्देशनको अवज्ञा गरेका छन् । गाडी सुविधा पाउने हैसियत नभए पनि िसंहलाई तत्कालीन गृह मन्त्री कृष्ण सिटौलाको पालामा सरकारबाट निर्णय गराई गाडी सुविधा र सुरक्षाकर्मी दिइएको थियो । उनको गाडी चालकसमेत प्रहरी जवान नै दिइएको छ ।
गृह मन्त्रालयले पदबाट बाहिरिएको तीन वर्ष बढी भएका पूर्व गृह मन्त्रीहरु पौडेल ओली खुमबहादुर र पूर्णबहादुरलाई गाडी फिर्ता गर्न पत्र पठाई आग्रह गरेको थियो । पूर्व गृहमन्त्रीहरुलाई पदबाट बाहिरिएको तीन वर्षसम्ममात्र गाडी सुविधा दिने व्यवस्था रहेको जानकारी गराउँदै उनीहरुसित गाडी फिर्ता मागेको हो । यही आग्रहलाई स्वीकार गरी पौडेलले गाडी फिर्ता गरिसकेका छन् ।
सरकारले पूर्व गृह मन्त्रीद्वय गौतम र रावललाई आफू पदमा बहाल हुँदा चढेको गाडी नै जबर्जस्ती लगेकाले फिर्ता गर्न आग्रह गरेको हो । पदमा बहाल हुँदा चढेको गाडी बहिर्गमन हुँदा लान नमिल्ने सार्वजनिक लेखा समितिको निर्णय रहेको उल्लेख गर्दै गृहले गौतम र रावलसित गाडी सुविधा फिर्ता गर्न आग्रह गरेको हो । गृहको आग्रहबमोजिम गौतमले फिर्ता गरे पनि रावलले भने फिर्ता गरेका छैनन् । गृह मन्त्री र सांसद भइसकेको व्यक्तिले सरकारको आदेशलाई अटेर गरी गाडी फिर्ता नगर्नु कानुनी शासनको उल्लंघन भएको टिप्पणी सरकारी अधिकारीको छ । ुसंसदीय समितिको निर्देशनबमोजिम गाडी फिर्ता माग्दा पनि जिम्मेवार नेताले अटेर गर्नु कानुनी दुरुपयोग र बल मिच्याइँ होु ती अधिकारीले भने ।




No comments:

Post a Comment