Thursday, May 12, 2011

छ पूर्व गृहमन्त्रीलाई गाडी सुविधा फिर्ता गर्न आग्रह

काठमाडौं २९ वैशाख- गृह मन्त्रालयले छ पूर्व गृहमन्त्रीलाई दिइएको सरकारी गाडी सुविधा फिर्ता गर्न आग्रह गरेको छ । संसदको सार्वजनिक लेखा समितिको निर्देशनबमोजिम गृह मन्त्री कृष्णबहादुर महराले मन्त्रालयस्तरीय निर्णय गरी ती छ पूर्व गृह मन्त्रीलाई पत्र पठाएर गाडी सुविधा फिर्ता गर्न पत्र पठाई आग्रह गरिएको हो ।
मन्त्रालयले पदबाट बाहिरिएको तीन वर्ष बढी भएका चार पूर्व गृह मन्त्री र पदमा बहाल रहँदा चढेको गाडी नै जबर्जस्ती लगेका दुई पूर्व गृहमन्त्रीसित गाडी फिर्ता गर्न लिखित निर्देश गरेको हो । मन्त्रालयले पूर्व गृहमन्त्रीहरुलाई पदबाट बाहिरिएको तीन वर्षसम्ममात्र गाडी सुविधा दिने व्यवस्था रहेको पत्रमार्फत् जानकारी गराई पूर्व गृह मन्त्री रामचन्द्र पौडेल केपी ओली खुमबहादुर खड्का र पूर्णबहादुर खड्कालाई गाडी सुविधा फिर्ता गर्न आग्रह गरेको छ । यी चारै जना गृह मन्त्री भएको तीन वर्षभन्दा धेरै भइसकेको छ ।
ुगृह मन्त्री भएको तीन वर्ष बढी भइसकेका पौडेल ओली खुमबहादुर र पूर्णबहादुरलाई मन्त्रिपरिषदको निर्णयअनुसार पूर्व गृह मन्त्रीको हकमा पदबाट बाहिरिएको तीन वर्षसम्ममात्र गाडी सुविधा दिने व्यवस्था छ सार्वजनिक लेखा समितिले सरकारी निर्णय र मापदण्डविपरीत गाडी सुविधा नदिन निर्देशन दिएकोसमेत जानकारी गराइन्छु गृहले लेखेको पत्रमा छ ।
सरकारले पौडेललाई महेन्द्र स्कर्पियो ओलीलाई निसान खुमबहादुरलाई किया कार र पूर्णबहादुरलाई ल्यान्डक्रुजर गाडी सुविधा दिएको छ । उनीहरुलाई गृह मन्त्रालयमार्फत् गाडी चालक प्रतिमहिना २÷२ सय लिटर पेट्रोल र गाडी मर्मत खर्चसमेत दिइँदै आएको छ । ओलीलाई अगाडि÷पछाडि गाडीसहितको सशस्त्र र नेपाल प्रहरीको सुरक्षासमेत दिइएको छ त्यसका लागि सशस्त्र र नेपाल प्रहरीले २÷२ सय लिटर थप इन्धनसमेत िदंदै आएका छन् । पूर्व गृह मन्त्रीहरु योगप्रसाद उपाध्याय गोविन्दराज जोशी बद्री मण्डल कमल थापा धर्मबहादुर थापा दानबहादुर शाही बुद्धिमान तामाङलगायतले भने सरकारी गाडी सुविधा लिएका छैनन् ।
मन्त्रालयले पदबाट बाहिरिएको तीन वर्ष नपुगे पनि पूर्व गृह मन्त्रीद्वय वामदेव गौतम र भीम रावललाई समेत गाडी सुविधा फिर्ता गर्न लिखित आग्रह गरेको छ । आफू पदमा बहाल हुँदा चढेको गाडी बहिर्गमन हुँदा जबर्जस्ती लान नमिल्ने सार्वजनिक लेखा समितिको निर्देशन रहेको उल्लेख गर्दै मन्त्रालयले गौतम र रावललाई गाडी फिर्ता गर्न आग्रह गरेको जानकारी गृहका अधिकारीले दिए ।
गौतम र रावलले आफू गृह मन्त्री हुँदा चढेको महँगो विलाशी गाडी नै लगेकाले उनीहरु पदबाट बाहिरिएको तीन वर्ष नपुगे पनि गाडी फिर्ता मागिएको जानकारी स्रोतले दिएको छ । गौतमले आफू पदमा बहाल हुँदा चढेको इसुजु ट्रुपर र रावलले गृह मन्त्री हुँदा चढेको मि_ित्सबिसी पजेरो पदबाट बहिर्गमन हुँदा जबर्जस्ती लगेका थिए । रावलले निवर्तमान हुँदा गाडी लाने उद्धेश्यले नै आफू पदमा बहाल हुँदा आफैंले मन्त्रालयबाट निर्णय गराई उक्त मि_ित्सबिसी पजेरो डेढ करोड रुपैयाँमा खरिद गराएका थिए । गृहले उनीहरुलाई पनि मासिक २÷२ सय लिटर पेट्रोल र मर्मत खर्च िदंदै आएको छ ।
ुगौतम र रावललाई सार्वजनिक लेखा समितिले कुनै पनि पदाधिकारीले आफू पदमा बहाल हुँदा चढेको गाडी बहिर्गमन हुँदा लान नपाइने निर्देशन दिएको छ । समितिले मापदण्डबमोजिम पूर्व गृह मन्त्रीहरुलाई विलाशी र महँगा होइन मितव्ययी गाडी सुविधा दिन निर्देश गरेको छु गृहले गौतम र रावललाई लेखेको पत्रमा भनिएको छ । गौतम र रावलबाट विलाशी गाडी फिर्ता गरेर पदबाट बाहिरिएको तीन वर्षसम्म मितव्ययी गाडी दिने तयारी गृह मन्त्रालयको छ ।
पदबाट बाहिरिएको तीन वर्ष नपुगेका अर्का पूर्व गृह मन्त्री कृष्ण सिटौलाको भने गाडी सुविधा फिर्ता गर्न आग्रह नगरिएको जानकारी स्रोतले दिए । उनलाई पदबाट बाहिरिएपछि गृह मन्त्रालय आफैंले गाडी दिएकाले सुविधा फिर्ता गर्न आग्रह नगरिएको हो ।
पूर्व प्रधानमन्त्रीलाई इन्धनमा भेदभाव
सरकारले पूर्व प्रधानमन्त्रीहरुलाई दिने इन्धनमा समेत भेदभाव गरेको छ । एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्रीहरुमध्ये अरुलाई भन्दा माधव नेपाललाई बढी इन्धन सुविधा दिएर भेदभाव गरेको हो ।
सरकारले पाँच पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा लोकेन्द्रबहादुर चन्द शेरबहादुर देउवा पुष्पकमल दाहाल र माधव नेपाललाई गाडी सुविधा दिएको छ । सरकारले पूर्व प्रधानमन्त्रीहरुलाई २÷२ सय लिटर पेट्रोल िदंदै आएकामा खनाल नेतृत्वको सरकारले केही दिनअघि मन्त्रिपरिषदबाट निर्णय गराई नेपाललाई मात्र प्रतिमहिना तीन सय लिटर पेट्रोल दिने निर्णय गरेको छ । पूर्व प्रधानमन्त्री दाहालले गाडी सुविधा लिए पनि गृह मन्त्रालयबाट इन्धन र मर्मत खर्च भने लिएका छैनन् । पाँचै जना पूर्व प्रधानमन्त्रीले आफू पदमा बहाल हुँदा चढेको गाडी नै जबर्जस्ती लगेर चढेका हुन् सरकारले पूर्व प्रधानमन्त्रीलाई गाडी सुविधा दिने निर्णय गरी उनीहरुलाई जबर्जस्ती लगेको गाडी नै चढ्ने दिएको हो ।




No comments:

Post a Comment