Wednesday, December 14, 2011

कानुन मिचेर स्वतः बढुवावालालाई भन्सारमा सरुवा

काठमाडौं, २८ मंसिर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतः बढुवावाला कम्प्युटर अधिकृतलाई निजामती किताबखानाबाट निजामती ऐनविपरीत तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएकामा सामान्य प्रशासन मन्त्रालयसमक्ष लिखित आपत्ति जनाएको छ ।
स्वतः बढुवावाला कर्मचारीको माघमा बाहेक अरु समयमा सरुवा हुन नसक्ने निजामती ऐनको प्रस्ट व्यवस्थाविपरीत किताबखानाका कम्प्युटर अधिकृत विशेष मदन श्रेष्ठलाई तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएको छ । निजामती ऐनअनुसार स्वतः बढुवावाला पद रिक्त हुनासाथ उक्त पद एक तह तल घट्छ त्यही कारण रिक्त पदमा स्वतः बढुवावालाई सरुवा गर्न मिल्दैन ।
अख्तियारले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी कानुनविपरीत श्रेष्ठको कसरी सरुवा भएको हो छानबिन गरी दोषीलाई कारबाही गर्न र निर्णय सच्याउन निर्देशन दिएको जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार माओवादी सम्बद्ध कर्मचारी युनियनको दबाबमा कानुन मिचेर श्रेष्ठलाई अर्थमन्त्रालयमा सरुवा गरी तातोपानी भन्सार कार्यालयमा पठाइएको हो ।

No comments:

Post a Comment