Sunday, December 25, 2011

कोइरालाद्वारा ख्रीष्टमस शुभकामना

ख्रीष्टमस पर्व २०११ तथा नयाँ वर्ष सन २०१२ का अवसरमा नेपाल भित्र तथा विश्वभर छरिएर रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुमा सुख शान्ति एवं सम्वृद्धिका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा ख्रीष्टियन समुदायका दिदीवहिनी तथा दाजुभाईहरुको अत्यन्त महत्वपूर्ण योगदान रहँदै आएको छ । मुलुक यतिखेर संक्रमणकालवाट गुजि्ररहेको छ । मुलुकमा स्थायी शान्ति कायम गरी लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी गरिनु पर्ने राष्ट्रिय कर्तव्य पूरा हुन अद्यावधि वाँकी नै छ । लोकतन्त्रले स्थायित्व प्राप्त गरी यसका आधारभूत मुल्य मान्यताहरुको प्रत्याभूति सहितको लोकतान्त्रिक संविधान जारी हुने वातावरणको सुनिश्चितता अद्यावधि हुन सकेको छैन । यस्तो अवस्थामा ख्रीष्टियन समुदायका दिदीवहिनी तथा दाजुभाईहरु सदा झैं लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि अझ वढी चनाखो रहनु हुनेछ र मुलुकवासीले सन २०१२ मा एक युगान्तकारी परिवर्तनको अनुभूति गर्न पाउनेछन भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा ख्रीष्टमस पर्व २०११ तथा नयाँ वर्ष सन २०१२ का अवसरमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरुको पूर्ण सफलताको कामना गर्दै पुनः सवै इसाइ दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

जय नेपाल !

सुशील कोइराला
सभापित
पौष १० २०६८

No comments:

Post a Comment