Wednesday, December 21, 2011

हरेक जेठ १५ मा राष्ट्रिय दिवस

काठमाडौं, ६ पुस- सरकारले गणतन्त्र दिवस जेठ १५ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको राजनीतिक समितिले संविधानसभाबाट २ सय ४० वर्षे राजतन्त्रलाई शान्तिपूर्ण रुपमा हटाई मुलुकमा गणतन्त्र बहाल गरेको ऐतिहासिक दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार फागुन ७ मा प्रजातन्त्र दिवस वैसाख ११ मा लोकतन्त्र दिवस जेठ १५ मा गणतन्त्र दिवस माघ १६ मा सहिद दिवस महत्वका साथ मनाउने गरिए पनि यसअघि कुनै पनि दिनलाई राष्ट्रिय दिवस भनिएको थिएन । गणतन्त्र दिवसलाई राष्ट्रिय दिवसको संज्ञा दिएर मन्त्रिपरिषदको राजनीतिक समितिले अन्यौल अन्त्य गरेको हो ।
राजनीतिक समितिले पाँचवटा क्षेत्रीय प्रशासन कार्यालयहरुलाई कसरी प्रभावकारी बनाउने भनेर अध्ययन गरी सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा गृह सचिव सुशीलजंग राणा सामान्य प्रशासन सचिव प्रतापकुमार पाठक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सोमलाल सुवेदीलाई राखिएको छ ।

No comments:

Post a Comment