Tuesday, December 20, 2011

प्रधानमन्त्रीद्वारा विभिन्न मन्त्रालयका सचिव तथा संस्थान प्रमुखलाई निर्देशन

काठमाडौं, ५ पुस- प्रधानमन्त्री डा। बाबुराम भट्टराईले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको छ ।
िसंहदरबारमा सोमबार भएको छलफल कार्यक्रममा विभिन्न २२ वटा विभाग तथा सम्बन्धित मन्त्रालयका सचिवहरुलाई आमन्त्रण गरिएको थियो । सरकारले सुरु गरेको हेलो सरकारमा आएका गुनासाहरुको समिक्षा तथा कार्यप्रगतिको विषयमा छलफल केन्द्रीत भएको थियो ।
छलफलमा विभिन्न निकायका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुको प्रतिकृया पछि प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारप्रति नेपाली जनताको ठूलो अपेक्षा रहेकोले त्यहि अनुरुप काम गर्न निर्देशन दिनु भयो । उहाँले हेलो सरकार एउटा सुरुवाता मात्रै भएको भन्दै यसलाई सबैले गम्भीर ढंगले लिनु पर्ने बताउनु भयो । उहाँले हेलो सरकार कक्षमा आउने हरेक गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिँदै जनताको सेवालाई आफ्नो कर्तव्य र धर्म सम्झिन आग्रह गर्नु भयो ।
हेलो सरकारमा आएका गुनासाहरुको सम्बोधन जुन ढंगबाट हुनु पर्ने हो त्यो हुन नसकेको गुनासो आएको भन्दै प्रधानमन्त्री डा। भट्टराईले अव निरन्तरतामा क्रम भंग गर्न आग्रह गुर्नभयो । जनताका गुनासाहरुको सम्बोधन पनि योजनाबद्ध ढंगबाट गर्नु पर्ने भन्दै उहाँले गुनासोको आधारमा तत्कालिन र दीर्घकालिन योजना बनाउन सचिव तथा महाप्रबन्धकहरुलाई निर्देशन दिनुभयो ।
छलफलमा सहभागिहरुबाट साधान श्रोतको अभावका कारण काम गर्न असजिलो भएको गुनासो आए पछि प्रधानमन्त्री भट्टराईले वर्तमान कार्यशैलीलाई परिवर्तन गर्ने हो भने पनि धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले आवश्यक साधन श्रोतहरु थप घट गर्ने कार्य क्रमशः हुने भन्दै तत्काल नैतिकवान र पारदर्शी ढंगले योजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।
उहाँले जनपक्षीय काम गर्न कुनै कानुनले छेकथुन गरे त्यो कानुन परिवर्तन पनि गर्न सकिने भन्दै उहाँले भन्नु भयो- ुकानुन हामीले बनाएको हो राम्रो काम गर्न यदि कुनै कानुनले छेक्छ भने त्यो मसँग ल्याउनुस् हामीले बनाएको कानुन हो अप्ठेरो पर् यो भने परिवर्तन गरौला ।ु
छलफल कार्यक्रममा मुख्य सचिव माधवप्रसाद घिमिरेले सचिव तथा महाप्रवन्धकहरुलाई जनता प्रति पूर्ण समर्पित र प्रतिवद्ध भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले जनताको सानो गुनासो पनि सम्बोधन गर्न नसके ठूलो योजना लिएर जाँदा कसैले पनि नपत्याउने भन्दै जनताको गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो । उहाँले श्रोत साधन कम भए पनि तत्कालका लागि यहि श्रोत साधन परिचालन गरेर काम गर्न आग्रह गर्नु भयो । उहाँले विधि र प्रकि्रया पुर् याएर साधन श्रोतको व्यवस्था गरिने जानकारी पनि दिनु भयो ।
सरकारले स्थापना गरेको हेलो सेन्टरमा हाल दैनिक औसतमा दुई सय वटा गुनासो आउने गरेको छ । सुरुका दिनहरुमा दैनिक पाँच सयको औसतमा आउने गुनासोहरु अहिले घटेको हो । गुनासो मध्ये सबै भन्दा बढी गुनसो गृहमन्त्रालयसँग सम्बन्धित रहेका छन् ।
जनगुनसो पछि श्रम तथा यातायात व्यवस्था मन्त्रालयले आर्थिक कारोबार बैंकबाट गर्न थालेको छ । त्यस्तै श्रम स्वीकृतका लागि हुने भीड घटाउन काउन्टरहरु थप गरिएको छ भने बैदेशिक रोजगार विभागमा सीसी क्यामेरा जडान गरिएको छ ।
त्यस्तै आन्तरिक राजश्व विभागले काठमाडौका १३ स्थानमा कर सेन्टर साचालन गरेको छ भने गृहमन्त्रालयले २४ सै घण्टा गुनासो व्यवस्थापन गरेको गरेको छ । काठमाडौको खानेपानी वितरणमा गुनासो बढेपछि संकटको बेला पनि पानी उपब्ध गराउन दैनिक २० वटा ट्यांकरबाट पानी संकलन कार्य जारी छ भने कुनै पनि समयमा पानीको आपूर्ति बन्द हुँदैन । त्यस्तै त्रिभुवन विश्व विद्यालयमा सेवाग्राहीले सानो काम गर्न पनि हैरानी खेप्नु परेकोले यस्तो प्रवृत्तिको तत्काल अन्त्य गर्न प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेलले निर्देशन दिनुभयो । कार्यक्रममा अधिकांश सचिवहरुको आपसि समन्वयका लागि विशेष समन्वय इकाइ बनाउनु पर्ने बताएका थिए ।
छलफल कार्यक्रममा काठमाडौ महानगरपालिका, नापी विभाग, राजश्व अनुसन्धान विभाग, खानेपानी संस्थान राष्ट्रिय सतर्कता केन्द्र, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग, परीक्षा नियन्त्रण कार्यालय, आन्तरिक राजश्व विभाग, उच्च माध्यमिक शिक्षा परिषद, ट्राफिक प्रहरी लगायतका कार्यालयका प्रमुखहरु र सम्बन्धित मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

No comments:

Post a Comment