Friday, December 23, 2011

कर्मचारी घूस आउने कार्यालय खोज्छन् : सामान्य प्रशासन मन्त्री

काठमाडौं, ८ पुस- सरकार परिवर्तनपिच्छ मन्त्रीहरुले मन्त्रालयहरुमा आफ्नो अनुकूल कर्मचारीहरुको टिम बनाउने बढ्दो प्रवृत्तिले सरुवामा नियमकानुन मिचिएको र भ्रष्टाचार बढेको जानकारी सामान्य प्रशासन मन्त्रालयका अधिकारीले दिएका छन् ।
सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रामकुमार यादवले कर्मचारीहरुको जसरी पनि 'लाभकारी (अतिरिक्त लाभ हुने) मन्त्रालय र कार्यालय' जाने प्रवृत्ति बढेको र त्यसले भ्रष्टाचार बढाएको बताए । 'कर्मचारीहरुको लाभकारी कार्यालय भन्दै वैदेशिक रोजगार विभाग स्थानीय विकास र पर्यटन मन्त्रालयलगायतका ठाउँमा जसरी पनि जान खोज्ने ठूलो चाप छ' उनले भने- 'लाभकारी कार्यालय भनेको के हो मैले बुझ्न सकेको छैन ।' मन्त्रालयहरुमा कर्मचारीहरुको अनुभव विशेषज्ञताका आधारमा भन्दा मनोगत आधारले सरुवा गर्ने गरेकाले समस्या बढेको जानकारी सामान्य प्रशासन सचिव प्रतापकुमार पाठकले जानकारी दिए ।
उनले वन िसंचाइ गृह भौतिक योजना स्थानीय विकासलगायतका मन्त्रालयमा नयाँ सरकार गठनपछि नियमविपरीत ठूलो मात्रामा सरुवा गरिएको र काजमा पठाइएको पाइएको भन्दै त्यसमा आफ्नो मन्त्रालय छानबिन गरिरहेको बताए ।
उनले छानबिनका क्रममा वन मन्त्रालयले वन विभागका महानिर्देशक अन्नपूर्णनन्द दासलाई तीन महिनामै हटाई मन्त्रालयका सबभन्दा कनिष्ठ सहसचिव ब्रजकिशोर यादवलाई महानिर्देशक बनाउने निर्णय निजामती ऐनविपरीत भएको पाइएकाले आफ्नो मन्त्रालयले निर्णय बदर गरिदिएको जानकारी दिए । सामान्य प्रशासनका अधिकारीले अनियमिततापूर्ण सरुवाका बारेमा वन मन्त्री मुहम्मद वकिल मुसलमान र सचिव केशव भट्टराईलाई आफ्नो कार्यकक्षमा बोलाई स्पष्टीकरण लिएर निर्णय बदर गर्न निर्देशन दिएका थिए ।
सचिव पाठकले गृह िसंचाइ स्थानीय विकास र भौतिक योजनामा समेत कानुनविपरीत सरुवा काजमा खटाउने कार्य भइरहेको र त्यसमा आफ्नो मन्त्रालयले छानबिन गरिरहेको जानकारी िदंदै तत्काल अनियमित कार्य सच्याउन लगाउने जानकारी दिए ।
सामान्य प्रशासन मन्त्री यादवले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा सरकार गठन भएदेखि हालसम्म जम्मा सहसचिवदेखि शाखा अधिकृतसम्मका ४८ जनाको सरुवा २१ जनाको सरुवा सहमति १५ जनालाई काज सहमति राजपत्र अनंकित २ जनाको सरुवा १९ जनाको सरुवा सहमति र १२ जनाको काज सहमतिमात्र दिइएको दाबी गरे । उनले आफ्नो सरकारका पालामा धेरैको सरुवा भयो भनेर झूटो प्रचार गरिएको दाबीसमेत गरे ।

No comments:

Post a Comment