Monday, December 5, 2011

लगानी कोषमा अधिकारीको पुनर्बहाली

काठमाडौं, १८ मंसिर- सर्वोच्च अदालतले नागरिक लगानी कोषको अध्यक्षमा चन्द्रमणि अधिकारीलाई पुनर्बहाली गरेको छ । सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले आइतबार अध्यक्ष अधिकारीलाई हटाई उपेन्द्र शर्मालाई नियुक्त गर्ने मन्त्रिपरिषदको मंसिर १ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले अधिकारीलाई अध्यक्षका रुपमा निर्वाध रुपमा कार्य गर्न दिन सरकारलाई आदेश दिएको छ । अधिकारी तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको पालामा अध्यक्ष नियुक्त भएका हुन् । वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनको सिफारिसमा मन्त्रिपरिषदले अधिकारीलाई हटाई शर्मालाई नियुक्त गरेको हो ।

No comments:

Post a Comment