Thursday, December 29, 2011

अकुत सम्पत्ति लुकाउन सम्पत्ति विवरण नबुझाउने प्रवृत्ति बढ्यो

  • १६ मन्त्री र ८४ सभासदले सम्पत्ति विवरण बुझाएनन्
  • ५ लाखमध्ये २ लाख कर्मचारीद्वारा सम्पत्ति विवरण बुझाउन अटेरी
  • अख्यितारले विवरण नबुझाउनेलाई ५ हजारका दरले जरिवाना गर्ने
  • अकुत सम्पत्ति कमाएको आशंकामा विवरण नबुझाउनेको सम्पत्ति छानबिन गर्ने
काठमाडौं, १४ पुस- राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री सभासद सार्वजनिक पद धारण गरेका विभिन्न सेवामा कार्यरत कर्मचारीसित २ लाखभन्दा बढीले कानुनलाई अटेर गरी सम्पत्ति विवरण नबुझाएको सार्वजनिक गरेको छ । अकुत सम्पत्ति लुकाउन सम्पत्ति विवरण नबुझाउने प्रवृत्ति अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी बढेको आशंका सतर्कता केन्द्रका अधिकारीले प्रकट गरेका छन् ।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सर्वाजनिक पद धारण गरेका व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सासहितको अद्यावधिक विवरण आर्थिक वर्ष समाप्त भइसकेको दुई महिनाभित्र तोकिएको निकायमा अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था उनीहरुले उल्लंघन गरेको जानकारी सकर्तक केन्द्रका अधिकारीले दिए ।
विभिन्न सरकारी सरकार सेवामा कार्यरत कर्मचारीसहित सार्वजनिक पद धारण गरेका व्यक्ति पाँच लाखको हाराहारीमा छन् जसमध्ये झन्डै आधा संख्यामा सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण नबुझाएको जानकारी सतर्कता केन्द्रले खुलासा गरेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिले आफूले कमाएको नाजायज सम्पत्तिलाई लुकाउन सम्पत्ति विवरण नबुझाएको आशंका अख्तियार र सतर्कता केन्द्रका अधिकारीको छ ।
सतर्कता केन्द्रका प्रवक्ता अर्जुन खनालले म्यादभित्र सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई ५ हजार जरिवाना र त्यस्तो सार्वजनिक पदधारी व्यक्ति वा उसको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सक्ने कानुनी व्यवस्था रहेको जानकारी दिए । केन्द्रले सम्पत्ति विवरण नबुझाउनेहरुको नामसहितको विवरण कारबाहीका लागि तत्काल अख्तियारमा पठाउने भएको छ ।
अख्तियारले सम्पत्ति विवरण नबुझाउने व्यक्तिहरुलाई ५ हजारका दरले जरिवाना गराउने र अकुत सम्पत्ति कमाएका कारण विवरण नबुझाएको आशंका लागेकामा त्यस्ता सार्वजनिक पदधारी व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कारबाहीको प्रकि्रया अघि बढाउने जानकारी अख्तियारका अधिकारीले दिए ।
अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले आर्थिक वर्ष समाप्त भएको दुई महिनासम्म पनि सम्पत्ति विवरण नबुझाउनेको सूची सतर्कता केन्द्रबाट आएपछि अख्तियारले कारबाहीको प्रकि्रया अघि बढाउने बताए । 'कानुनमा आर्थिक वर्ष सकिएको दुई महिनासम्म पनि सम्पत्ति विवरण नबुझाउनेहरुलाई चेतावनीस्वरुप एक महिना पुनः बुझाउने समय दिन्छौं त्यति अवधिमा पनि नबुझाउनेहरुलाई ५ हजारका दरले जरिवाना गर्छौं । अघिल्लो वर्ष पनि हामीले ३५ हजार कर्मचारीलाई ५ हजारका दरले जरिवाना गरेका थियौं । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेको व्यक्ति वा उसको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको आशंका लागेमा अख्तियारले अनुसन्धान सुरु गरी कारबाहीको प्रकि्रया अघि बढाउने गरेको छ । त्यसरी कारबाही गरिएका उदाहरणसमेत थुप्रै छन्' पौडेलले भने ।
मन्त्रिपरिषदको सदस्यले भने पदमा बहाल भएको १५ दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने अनिवार्य व्यवस्था छ । यो व्यवस्था उल्लंघन गर्नेमा दुई मन्त्री सरिता गिरी र सत्या पहाडी तथा १४ जना राज्यमन्त्री छन् । ४९ सदस्यीय मन्त्रिपरिषदका २७ मन्त्रीमध्ये दुई जना र २२ राज्यमन्त्रीमा १४ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।
तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल पालाका उपप्रधानमन्त्री उपेन्द्र यादव मन्त्रीहरु रघुवीर महासेठ मोहम्मद इस्तियाक राई हरिनारायण यादव खगेन्द्र प्रसाईं राज्यमन्त्रीहरु विजयकुमार यादव शत्रुघ्न महतो दलबहादुर सुनार र धर्मशिला चापागाईंले सम्पत्ति विवरण नबुझाएको जानकारी केन्द्रले दिएको छ ।
भ्रष्टाचार निवारण ऐनअनुसार सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सम्पत्ति विवरण बुझाए÷नबुझाएको सालवसाली अद्यावधिक गरे÷नगरेको अनुगमन गर्ने र कसैले पेस नगरेको पाइएमा त्यस्तो व्यक्तिहरुको विवरणसहित कारबाहीका लागि अख्तियारलाई लॆखी पठाउने गर्ने गरेको जानकारी केन्द्रका अधिकारीले दिए ।
सम्पत्ति विवरण नबुझाउनेहरुमा सभासदहरुको संख्यासमेत ठूलो छ । संविधानसभामा मौजुदा ५ सय ९४ सभासदमध्ये ८४ जनाले सम्पत्ति विवरण नबुझाएको जानकारी सतर्कता केन्द्रका अधिकारीले दिए । ती अधिकारीले भने- 'संविधान र कानुन बनाउने दायित्व भएका सभासदमध्ये यति ठूलो संख्याले सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनको उल्लंघन गर्नु लाजमर्दो हो ।'
सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनको पालना नगरी अटेर गर्नेमा शिक्षकहरुको संख्या सबभन्दा ठूलो छ । शिक्षक किताबखानामार्फत् सम्पत्ति विवरण बुझाउनुपर्ने शिक्षकको संख्या १ लाख ८ हजार जना छन् जसमध्ये १ लाख ६ हजार जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण बुझाउने शिक्षक जम्मा १ हजार ७ सय ६६ जना छन् ।
सम्पत्ति विवरण नबुझाउने निजामती कर्मचारीको संख्या पनि कहालीलाग्दो छ । ७८ हजार निजामती कर्मचारीमध्ये करिब ३० हजारले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती कर्मचारीमा उच्च पदस्थमध्ये धेरैजसोले भने सम्पत्ति विवरण बुझाएका छन् ।
नेपाल प्रहरीका निलम्बित महानिरीक्षक रमेशचन्द ठकुरी एआईजी अर्जुनजंग शाही प्रहरी वरिष्ठ उपरिक्षक अजितकुमार गुरुङ पूर्णिसंह खड्का रणबहादुर चन्दसहित प्रहरीका २ सय ६४ जना सशस्त्रका २९ जना राष्ट्रिय अनुसन्धानका २० जनाले सम्पत्ति विवरण नबुझाएको सतर्कता केन्द्रको रेडर्कमा उल्लेख छ । सम्पत्ति विवरण नबुझाउने सवालमा स्थानीय निकायका कार्यरत कर्मचारीहरुको हालत सबभन्दा दयनीय छ । ७५ मध्ये ४५ जिल्ला विकास समितिबाट कसैले सम्पत्ति विवरण नबुझाएको अन्यबाट पनि आंशिक रुपमा प्राप्त भएको छ । उद्योग मन्त्रालय मातहतका उदयपुर सिमेन्ट कारखाना गोरखकाली रबर उद्योग हेटौंडा सिमेन्ट उद्योग जनकपुर चुरोट कारखानासहित कुनै पनि संस्थानका पदाधिकारी र कर्मचारीले समेत सम्पत्ति विवरण नबुझाएर कानुनको उपाहास गरिरहेका छन् ।
संवैधानिक निकायमध्ये मानव अधिकार आयोगका पदाधिकारीहरु कसैले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । आयोगको अध्यक्षमा केदारनाथ उपाध्याय सदस्यहरुमा रामनागिना िसंह गौरी प्रधान लीला पाठक केबी रोकाय छन् । अर्थमन्त्रालयमातहतका नेपाल राष्ट्र बैंकका ७४ जना कृषि विकास बैंकका ३ सय ५१ जना नेपाल बैंक लिमिटेडका कामु नायव महाप्रबन्धक निर्मलकुमार बरालसहित १७ सय ७३ जना कर्मचारी साचय कोषका १ सय १२ जनाले सम्पत्ति विवरण नबुझाएको जानकारी सतर्कता केन्द्रले दिएको छ ।
सम्पत्ति विवरण नबुझाउनेमा कृषि तथा सहकारी मन्त्रालय मातहतका करिब १ हजार जना युवा तथा खेलकुद मन्त्रालयका ५३ जना पर्यटन मन्त्रालय मातहतको नागरिक उड्डयन प्राधिकरणका २ सय ९६ जना साचार मन्त्रालय मातहतका रेडियो नेपालका ४ सय ८६ नेपाल टेलिभिजनका १६ गोरखापत्र संस्थानका ६६ जना विज्ञान मन्त्रालय मातहतका ३५ भूमिसुधार मातहतका १६ जना ऊर्जा मन्त्रालयमातहतको विद्युत् प्राधिकरणका महाप्रबन्धक उपेन्द्रदेव भट्टसहिति ४ हजार ८ सय ८६ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।
सम्पत्ति विवरण नबुझाउनेमा उपकुलपतिहरु त्रिभुवन विश्वविद्यायलयका डा। हीरा महर्जन पूर्वााचल विश्वविद्यालयका महेश्वरमान श्रेष्ठ काठमाडौं विश्वविद्यालयका डा। सुरेशराज शर्मा पोखरा विश्वविद्यालयका खगेन्द्र भट्टराई सुदूर पश्चिम विश्वविद्यालयका जयराज अवस्थी मध्यपश्चिम विश्वविद्यालयका पद्मलाल देवकोटा लुम्बिनी विश्वविद्यालयका त्रिरत्न मानन्धर र संस्कृति विश्वविद्यालयका शिवहरि मरहठ्ठा छन् । कुनै पनि विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
भौतिक योजना सामान्य प्रशासन स्वास्थ्य संघीय मामिला िसंचाइ वाणिज्य तथा आपूति र वन तथा भूसंरक्षण मन्त्रालय मातहतका निकायका हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको सतर्कता केन्द्रले विवरण तयार गरेको छ ।

सम्पत्ति विवरण नबुझाउने मन्त्री÷राज्यमन्त्रीहरु
मन्त्रीद्वय सरिता गिरी सत्या पहाडी राज्यमन्त्रीहरु खोभारी राय रामवच्चन अहिर यादव दिलीप महर्जन सूर्यमान दोङ गोपी अछामी घनश्याम यादव अजयकुमार चौरसिया अम्बिका बस्नेत आङदावा शेर्पा ईश्वरी न्यौपाने ईश्वर दयाल मिश्र उर्मिलादेवी साह ओमप्रकाश यादव कुन्तीकुमार शाही कुमारी मोक्तान केशव राई कौशलकुमार राय दादव हरिराज लिम्बु लक्ष्मण महतो दुर्गादेवी महतो काशीदेवी झा ईश्वरदयाल मिश्र रमणीराम सुरिताकुमारी साह ओमप्रकाश यादव ।

सम्पत्ति विवरण नबुझाउने सभासदहरु
अजयकुमार चौरसिया अम्बिका बस्नेत आङ्दावा शेर्पा ईश्वरी न्यौपाने ईश्वरदयाल मिश्र उर्मिलादेवी साह ओमप्रकाश यादव कुन्तीकुमारी शाही कुमारी मोक्तान केशव राई कौशलकुमार यादव कृष्णा अमात्य खोभारी राय गायत्री साह चन्द्रबहादुर गुरुङ गुणखर बस्याल चिराजीवीराम थारु जयप्रकाश यादव जुनकुमारी रोका टेकेन्द्रप्रसाद भट्ट चनुबहादुर थामी टोपबहादुर रायमाझी डोलबहादुर कार्की तारानारायण श्रेष्ठ दाबा तामाङ दिलबहादुर घिसिङ दुर्गाजयन्ती राई देवी खड्का दुर्गादेवी पासवान देवेन्द्रप्रसाद पटेल ध्रुव आङदम्बे नन्दकुमार प्रसाईं नन्दनकुमार दत्त नरबहादुर बिष्ट नारदमुनि राना नारायणप्रसाद अधिकारी पद्मबहादुर राई पासाङ शेर्पा पुष्पविक्रम मल्ल प्रकाशचन्द्र लोहनी प्रभु साह तेली बबिनामोक्तान तामाङ विनोद पहाडी वीरबहादुर तामाङ महालक्ष्मी श्रेष्ठ महेन्द्रप्रसाद यादव महेश चौधरी महेन्द्र यादव ब्रजकिशोर यादव राजेन्द्र महतो रामचन्द्र कुसवाह रामनरेश राय रेणुकुमारी यादव ल्हारक्याल लामा लोकेन्द्रबिष्ट मगर बनितादेवी धोवी विजयकुमार यादव बिमला सुवेदी विश्वद्वीप लिङ्देन लिम्बू विश्वनाथ अग्रवाल विश्वेन्द्र पासवान शरतिसंह भण्डारी शरदिसंह भण्डारी शारदा घिमिरे शारदा नेपाली शिवपुजनराय यादव सन्तोष थारु सरिता गिरी सुन्दरा थारु सुरेश आलेमगर सूर्यबहादुर केसी साजयकुमार साह हरिनारायण यादव हरिलाल थापामगर र श्रामणेर आनन्द छन् ।


No comments:

Post a Comment