Wednesday, December 14, 2011

लगानी बोर्ड प्रमुखको तलब साँढे दुई लाख

काठमाडौं, २८ मंसिर- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई मासिक तलबभत्ताबापत २ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी बढाउन गठित बोर्डको प्रमुखको तलबभत्ता मासिक साढे दुई लाख तय गरेको जानकारी स्रोतले दिए ।
बैंक अफ काठमाडौं र कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा पन्तले मासिक १२ लाख रुपैयाँसम्म तलबभत्ता लिएका थिए । सरकारले विद्युत् प्राधिकरणमा खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका तत्कालीन कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्मालाई समेत सरकारले मासिक तलबभत्ता २ लाख रुपैयाँ दिएको थियो ।
पन्त खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत छनौट भएका हुन् । उनले सोमबारदेखि कार्यभार सम्हालेका छन् । बाहिर कार्यालय भवन नपाइन्जेलसम्मका लागि पन्तलाई अस्थायी रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयमा कार्यालय दिइएको छ ।

No comments:

Post a Comment