Thursday, May 3, 2012

जनकपुर विस्फोटमा मारिएका चार जनालाई सहिद घोषणा

पीडित परिवारलाई १०/१० लाख सरकारले घाइतेहरुको उपचार खर्च बेहोर्ने
काठमाडौं, २१ वैसाख- सरकारले जनकपुरमा वैसाख १८ मा भएको बम विस्फोटमा परी मुत्यु भएका चार जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त घटनामा मारिएका बिमलशरण कुर्मी, झगरु दास, रन्जुदेवी झा र सुरेश उपाध्यायलाई सहिद घोषणा गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए ।
पुनका अनुसार मन्त्रिपरिषदले सहिद घोषणा गरिएका चार व्यक्तिका पीडित परिवारलाई १०÷१० लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने र उक्त घटनामा परी घाइते भएका सबै जना घाइतेको उपचारको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै भइरहेको शान्तिपूर्ण धर्नामा बसेका बेला सशस्त्र समूहले विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।
इमर्जेन्सी तथा ट्रमा सेन्टर साचालन हुने
सरकारले राजधानीको वीर अस्पतालनजिकै चौबीसै घन्टा आकस्मिक उपचार सेवा दिने ुइमरजेन्सी तथा ट्रमा सेन्टरु स्थापना गरेको छ । मन्त्रिपरिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहत केन्द्रीय स्वास्थ्य संस्थाका रुपमा इमरजेन्सी तथा ट्रमा सेन्टर स्थापना र साचालन गर्ने निर्णय गरेको हो । वीर अस्पतालनजिक भारतीय सहयोगमा इमरजेन्सी तथा ट्रमा सेन्टरका लागि भवन बनेको लामो समय भए पनि साचालन हुन सकेको थिएन । सरकारले छुट्टै स्वास्थ्य संस्थाका रुपमा ट्रमा सेन्टर साचालन गर्न लागेको हो ।
सशस्त्र एआईजीमा तामाङको बढुवा
सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी मा कृष्णकुमार तामाङलाई बढुवा गरेको छ । एआईजी कोषराज वन्त आईजीमा बढुवा भएपछि रिक्त पदमा वरिष्ठ नायव महानिरीक्षक डीआईजी तामाङलाई बढुवा गरेको हो ।
सेनामा दुई जनाको पदोन्नित
सरकारले नेपाली सेनाका महासेनानी प्रकाशिसंह बोगटीलाई सहायक रथीमा र प्रमुख सेनानी निर्माणिसंह गुरुङलाई महासेनानीमा बढुवा गरेको छ । सरकारले बोगटीलाई १९ नम्बर बाहिनीको बाहिनीपतिमा र गुरुङलाई ६ नम्बर बाहिनीमा पदस्थापना गरेको छ ।
स्वास्थ्य सेवामा दुई जनाको बढुवा
सरकारले स्वास्थ्य सेवाका चिकित्सकद्वय तारानाथ पोखरेल र गुणराज लोहनीलाई ११ औं तहमा पदोन्नति गरेको छ ।
छानबिन समितिको म्याद एक महिना थप
सरकारले सिराहाको लक्ष्मिनिया-४ का छेदी यादवको हत्याका सम्बन्धमा गठित छानबिन समितिको म्याद एक महिनालाई थप गरेको छ ।
महासंघको गाडीलाई कर छुट
सरकारले ओएचसीएचआरले नेपाल पत्रकार महासंघलाई सहयोगस्वरुप उपलब्ध गराउन लागेको ल्यान्डक्रुजर गाडीमा लाग्ने करभन्सार मिनाहा गर्ने निर्णय गरेको छ । यसैगरी सरकारले गरिबी निवारणका लागि रोजगार प्रत्याभूति विधेयक व्यवस्थापिका-संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
युरोपियन बैंकले सहयोग गर्ने
युरोपियन इन्भेस्टमेन्ट बैंकले नेपालको निजी क्षेत्रको पूर्वाधार विकास ऊर्जा सुरक्षा आपूर्ति र वातावरणीय दिगोपनासम्बन्धी कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदले बैंक र नेपाल सरकारबीच सहयोग प्राप्त गर्ने सम्बन्धमा सहमतिमा हस्ताक्षर गर्नका निम्ति अर्थसचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारी कामकाजको सिलसिलामा मृत्यु भएका जिल्ला हुलाक सोलुखुम्बुका हुलाकी धनबहादुर राईको सेवा अवधि थप गरी आश्रित परिवारलाई पेन्सन सुविधा दिने निर्णय गरेको छ । सरकारले राईको सेवा अवधिमा ४ वÈ्र २ महिना २३ दिन थप गरी २० वर्ष पुर् याएर पेन्सन दिने निण्र्ँय गरेको हो ।
एनआरएन सल्लाहकार बोर्ड गठन
सरकारले गैर आवासीय नेपाली संघसित समन्वय गरी मुलुकमा लगानी भित्र्याउने वातावरण बनाउन योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा बोर्ड गठन गरेको छ । गैर आवासीय नेपाली एनआरएन सम्बन्धी सल्लाहकार बोर्डमा सात सदस्य छन् । सदस्यको नाम भने सरकारले सार्वजनिक गरेको छैन ।





No comments:

Post a Comment