Saturday, May 5, 2012

कांग्रेसद्वारा हिमपहिरोपीडितलाई उद्धार गर्न र राहत दिन माग

प्रेस विज्ञप्ति
अन्नपूर्ण हिमश्रृखलाबाट आएको अप्रत्याशित हिमपहिरोको कारण पोखरा भुर्जङ्गखोला क्षेत्रमा सेती नदीको वाढिले ठूलो जनधनको क्षती गराएको छ । प्रराम्भमा केही जना व्याक्तिको शव पाईएको नदी किनारका दर्जनौ घर वहावमा परेका र विद्यालयका वस लगायत मालवाहक वाहनहरु वगेका छन् भने वाढीमा परेर वेपत्ता भएकाहरुको संख्या एकिन हुन सकेको छैन । अकल्पनीय रुपमा आएको बाढीले यस्तो दुखत परिस्थिति उब्जाएको छ । आपतको यो समयमा शाहसका साथ उद्धारमा लागेका उद्धारकर्मीहरु धन्यवादका पात्र छन् । यो विपत्तिमा ज्यान गुमाएकाहरु प्रति शोक प्रकट गर्दै तिनका परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै सरकारसंग उद्धारकार्य अझ तिव्रताका साथ संचालन घाईतेको उचित रुपले उपचार गर्न र पीडित परिवारलाई तत्काल राहत उपलव्ध गराउन सरकारको ध्यान आकृष्ट गर्न चहान्छु ।

रामचन्द्र पौडेल
नेता नेपाली कांग्रेस संसदीय दल
एवं उपसभापति नेपाली कांग्रेस

No comments:

Post a Comment