Sunday, May 6, 2012

भट्टराईद्वारा धेरै उपप्रधानमन्त्री नियुक्तिमा समेत कीर्तिमान

सिटौला तेस्रो वरियताको उपप्रधानमन्त्री
कांग्रेसमा विवाद कायमै

काठमाडौं, २४ वैसाख- प्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो ठूलो पार्टी कांंग्रेसबाट सरकारको नेतृत्व गरेका महामन्त्री कृष्ण्ँप्रसाद सिटौलालाई आइतबार तेस्रो वरियताको उपप्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्रीले आइतबार साँझ शीतल निवासमा सिटौलालाई सपथ खुवाए ।
अघिल्लोचोटि इतिहासकै ुजम्बोु मन्त्रिपरिषद बनाएर कीर्तिमान कायम गरेका भट्टराईले यसपटक सबभन्दा धेरै उपप्रधानमन्त्री बनाएर अर्को कीर्तिमान कायम गरेका छन् । यसअघि दुई जनाभन्दा बढी उपप्रधानमन्त्री नियुक्त गरिएको उदाहरण छैन ।
कांग्रेसका सभापति सुशील कोइरालाको सिफारिस अनुसार प्रधानमन्त्रीले सिटौलालाई उपप्रधानमन्त्री नियुक्त गरेका हुन् । अ´ै सिटौलाको मन्त्रालय भने टुंगो लागिसकेको छैन । प्रधानमन्त्रीले आफ्नो पार्टीका नारायणकाजी श्रेष्ठ र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारपछि सिटौलालाई तेस्रो वरियताको उपप्रधानमन्त्री बनाएका हुन् । सिटौला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा २०५५ सालमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए ।
प्रधानमन्त्री भट्टराईले शनिबार माओवादीका पाँच मधेसी मोर्चाका चार र कांग्रेसका दुई मन्त्री नियुक्त गरी सपथ गराएका थिए । कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पार्टीको आन्तरिक विवाद समाधान नगरी सरकारमा आफ्नो समूहबाट मन्त्री नपठाउने अडान लिएकाले कांग्रेसले थप मन्त्रीको नाम तय गर्न सकेको छैन ।
कांग्रेसमा विवाद कायमै
देउवा समूहले आइतबार पनि िसंहदरबारमा भेला गरी कांग्रेसमा भातृ संस्थाको विवाद समाधान संसदीय समिति र केन्द्रीय कार्यसम्पादन तथा विभागीय समितिको गठनमा सभापति कोइरालाले आफ्नो समूहसित समझदारी नगरेसम्म सरकार र कार्यसमितिको बैठकमा नजाने अडान दोहोर् याएको जानकारी पूर्व उपसभापति गोपालमान श्रेष्ठले दिए । उनका अनुसार प्रमुख दलहरुबीच संविधानका विवादित मुद्दामा सहमति नगरी सत्तामा जाँदा पार्टीको अडान कमजोर हुने भएकाले समझदारी नभएसम्म सरकारमा जान नहुने निर्णयसमेत श्रेष्ठले बताए ।
देउवा पÔको विरोधका कारण्ँ कांग्रेसले आफ्नो भागमा परेका पाँच मन्त्रालयमा पूरै मन्त्री पठाउन सकेको छै न। कांग्रेसबाट सिटौला र सूर्यमान गुरुङमात्र सरकारमा सामेल भएका छन् ।

No comments:

Post a Comment