Thursday, May 3, 2012

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं, २१ वैसाख- संवैधानिक निकायहरुमा रिक्त पदाधिकारीहरु नियुक्तिका बारेमा छलफल गर्न बिहीबार अपराह्न बोलाइएको संवैधानिक परिषदको बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित गरिएको छ । परिषदको अर्को बैठक कहिले बस्ने तिथि तयसमेत गरिएको छैन ।
प्रधानमन्त्री बाबुराम भट्टराई, प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलसहित परिषदमा रहेका नेताहरु संविधानका विवादित मुद्दामा समझदारी खोज्न र सहमतिको सरकार निर्माणका लागि छलफलमा व्यस्त रहेकाले बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित भएको जानकारी सभामुख सुवास नेम्वाङले दिए । 'परिषदको बैठकमा अनौपचारिक कुराकानीमात्र भयो । परिषदका सदस्यहरु प्रमुख दलहरुबीचको छलफलमा व्यस्त रहेकाले बैठक औपचारिक रुपमा नबसी स्थगित गरियो' उनले भने ।

No comments:

Post a Comment