Sunday, August 17, 2014

सामान्य प्रशासनद्वारा मापदण्ड मिचेर ७ सय २२ कर्मचारीको सरुवा

सरुवामा सामान्य प्रशासनमन्त्रीले एकलौटी गरे : कर्मचारी संघ/संगठन
काठमाडौं, १ भदौ– सामान्य प्रशासन मन्त्रालयले आफैंले बनाएको मापदण्ड तथा निजामती ऐनविपरीत शुक्रबार राति एकलौटी रूपमा एमाले निकट कर्मचारीहरूलाई मात्र ‘आकर्षक’ ठाउ“मा सरुवा गरेको आरोप अरू पार्टी निकट निजामती संघसंगठनले लगाएका छन् ।
ती संघ÷संगठनका अनुसार दुर्गममा लामो समय बसेकालाई प्राथमिकता दिने, दुई वर्ष नपुगेकालाई नचलाउने, आकर्षक ठाउ“मा लामो समय रहिसकेकालाई दुर्गममा सार्ने भनी आफैंले बनाएको मापदण्ड र निजामती ऐनको व्यवस्थाविपरीत सामान्य प्रशासन मन्त्रालयले ७ सय २२ जना कर्मचारीलाई सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले आफ्नो परिसरमा शुक्रबार व्यापक प्रहरी तैनाथ गराएर सरुवाको निर्णय गरेको हो । 
सामान्य प्रशासन मन्त्रालयले निजामती ऐनअनुसार मापदण्ड पुगेका कर्मचारीहरूलाई साउन महिनामा एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गर्न पाउने व्यवस्था छ । ३ हजार कर्मचारीले सरुवाको माग गर्दै सामान्यमा निवेदन दिएका थिए । 

एमालेका नेतासमेत रहेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मापदण्ड मिचेर मन्त्रालयबाट आफ्नो पार्टी निकट कर्मचारीहरूलाई मात्र आकर्षक ठाउ“मा सरुवा गरेको दाबी संघसंगठनका नेताहरूले गरेका छन् । एमाले निकट कर्मचारीहरूलाई छानी छानी आकर्षक ठाउ“मा सारिएको छ । आकर्षक ठाउ“मा रहेका एमाले निकट कर्मचारीलाई दुई वर्ष बढी भए पनि सोही ठाउ“मा थमौती गरिएको दाबी निजामती कर्मचारी संघका अध्यक्ष शोभाकर रेग्मीले गरे ।
सामान्य प्रशासनले मन्त्री पण्डितको दबाबमा एउटा आकर्षक कार्यालयबाट अर्को आकर्षक ठाउ“मा नसार्ने मापदण्ड मिचेर यातायातबाट वैदेशिक रोजगार विभागमा सार्ने, यातायातबाट मालपोतमा सार्ने, कसैलाई लामो समय आकर्षक कार्यालयमा राखिराख्ने निर्णय गरेकोसमेत रेग्मीले आरोप लगाए । लामो समय दुर्गममा बसेका निमुखा कर्मचारीले एमाले निकट नभएकै कारण सरुवा नपाई ठूलो अन्याय भोग्नुपरेको दाबीसमेत उनको छ ।
उनका अनुसार अरू पार्टी निकट कर्मचारीलाई यतिसम्म अन्याय गरिएको छ कि उदाहरणका लागि दार्चुला र बैतडीमा २० वर्ष काम गरेका कर्मचारी महेन्द्रसिंह कार्कीलाई घरपायक कञ्चनपुर र रुकुम जिल्लाको दुर्गमको स्वास्थ्य चौकीमा २२ वर्ष काम गरेका कार्यालय सहयोगी धनवीर खत्रीलाई आउने÷जाने दुवै ठाउ“बाट सहमति ल्याउ“दा पनि घर पायक जिल्लाको वन कार्यालय बा“केमा सरुवा हुन खोज्दा पनि सामान्यले सरुवा गरिदिएन । रेग्मीले सामान्यले बेवास्ता गर्दा यस्तो अन्याय पाउने कर्मचारी सयौंको संख्यामा रहेको जानकारी दिए । 
रेग्मीले एमाले निकट भएकै कारण एक वर्ष नपुग्दै दैलेखमा कार्यरत नायव सुब्बा चुडामणि काफ्लेलाई यातायात विभाग तथा सामान्य प्रशासनका कम्प्युटर अपरेटर विजयप्रकाश गिरीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । तेह्रथुमका वन रक्षक अमृत कटुवाललाई खरिदार भन्दै निजामती ऐनविपरीत भूमिसुधार मन्त्रालयमा सारिएको छ, जबकि भूमिसुधारमा वन रक्षक पदै हु“दैन ।
एमालेबाहेक अरू पार्टी संघसंगठनहरू सामान्यको सरुवामा व्यापक अनियमितता र एकलौटी भएकोविरुद्ध संयुक्त रूपमा विरोधमा उत्रन आपसीमा छलफलमा जुटेका छन् । सामान्य प्रशासन सचिव ङइन्द्र उपाध्याय र कर्मचारी प्रशासन महाशाखा प्रमुख बाबुराम अधिकारीसित सरुवाको बारेमा प्रतिक्रिया लिन खोज्दा निर्णयपछि फोन बन्द गरेर बसेकाले सम्पर्क हुन सकेन ।



No comments:

Post a Comment