Monday, August 25, 2014

इन्भेष्टमेन्ट बैकद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

काठमाडौं, (कास)– नेपाल इन्भेष्टमेण्ट बैक लिमिटेडले मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरो पीडितका लागि सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई १० लाख  प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले १० लाख रुपैयाको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए ।
पाण्डेले देशमा आइपरेको विपद्को सामना गर्न सरकारलाई सघाउनु कर्पोरेट क्षेत्रको समेत दायित्व भएकाले आफ्नो बैंकले उक्त सहयोग गरेको बताए । प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आइपर्दा सबै नेपाली सरकारको साथमा रही त्यसको समाधान गछन् भन्ने कुरा अहिले सबै क्षेत्रबाट उदारतापूर्वक आएको सहयोगले सिद्ध गरेको बताए ।
यसैबीच नेपाल सरकारबाट कमर्सियल्ली इम्पोटेन्ट पर्सनको मान्यता पाउनुभएका हसन अन्सारीले बाढीपीडितलाई सहयोगार्थ आफू र आफ्नो परिवारका तर्फबाट २ लाख रुपैया“ प्रदान गरेका छन् । उनले सोमबार प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा रहने गरी चेक कोइरालालाई हस्तान्तरण गरेका थिए ।

No comments:

Post a Comment