Tuesday, August 19, 2014

सामान्यको ‘अन्यायपूर्ण’ सरुवा बदर गर्न माग

काठमाडौं, ३ भदौ– कांग्रेस निकट निजामती कर्मचारी युनियनले सामान्य प्रशासन मन्त्रालयले साउन अन्तिम साता सामान्य प्रशासन मन्त्रालयबाट आग्रह र पूर्वाग्रह राखेर अन्यायपूर्ण ढंगले गरिएको करिब ८ सय कर्मचारी सरुवाको निर्णय बदर गर्न माग गरेको छ ।
युनियनले सामान्य प्रशासनले आफैंले तयार गरेको ‘सरुवासम्बन्धी मापदण्ड २०७१’ मा भएका व्यवस्थालाई ठाडो उल्लंघन गरी मन्त्री लालबाबु पण्डितको स्वकीय तथा निजी सचिवालयको ठाडो हस्तक्षेपमा एमाले निकट कर्मचारीलाई आकर्षक ठाउ“मा सारिएको र अरूमाथि विभेद गरिएको उल्लेख गर्दै बदर गर्न माग गरेको हो ।
युनियनले सोमबार विज्ञप्ति जारी गरी लामो समय दुर्गममा बसी काम गरेका कर्मचारीलाई बेवास्ता गरिएको, लामो समयसम्म एउटा कार्यालयमा बसेकालाई सार्नुपर्नेमा आस्थाका आधारमा छोटो समयमा नै अपायक ठाउ“मा सारिएको, रिक्त स्थानमा सरुवाको माग गर्दा पनि नगरिएको उल्लेख गरेको छ । युनियनले सामान्य प्रशासनको निर्णय राजनीतिक प्रतिशोध सा“ध्ने र एमाले निकट कर्मचारीलाई पोस्ने खालको भएको टिप्पणी गर्दै तत्काल बदर गर्न माग गरेको हो ।


No comments:

Post a Comment