Wednesday, August 13, 2014

थप नौ ठाउँमा सडक डिभिजन कार्यालय खोलिने

काठमाडौं, २८ साउन– सरकारले थप नौ ठाउ“मा एक महिनाभित्रै सडक डिभिजन कार्यालय खोल्ने भएको छ । पछिल्लो समय सडक सञ्जाल पुगेका जिल्लाहरूमा सडक तथा पुल निर्माण, अनुगमन, मर्मत, आपतकालीन कामलाई सहज बनाउन थप ठाउ“मा डिभिजन कार्यालय खोल्न लागिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाले दिए ।
नौवटा थपिएपछि मुलुकभर सडक डिभिजन कार्यालय ३४ वटा पुग्नेछन् । सिटौलाका अनुसार थप डिभिजन कार्यालय खोल्ने भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति दिइसकेको छ । ‘नौवटै ठाउ“मा एक महिनाभित्र कार्यालय खोली काम सुरु हुन्छ’ सिटौलाले कान्तिपुरसित भने ।
पूर्वाञ्चलमा संखुवासभाको तुम्लिङटार र ओखलढुंगाको हर्कपुर, मध्यमाञ्चलमा सिन्धुलीको खुर्कोट, रौतहटको चन्द्रनिगाहपुरमा सडक डिभिजन कार्यालय खोलिनेछ । नया“ सडक डिभिजन कार्यालय तुम्लिङटारले संखुवासभा र भोजपुर, हर्कपुरले ओखलढुंगा, खोटाङ र सोलु,  खुकोर्टले सिन्धुली र रामेछापमा सडक तथा पुल निर्माण, मर्मत, अनुगमनको कार्य गर्नेछन् । मध्यमाञ्चलकै काठमाडौं सडक डिभिजनलाई समेत दुइटा बनाइने भएको छ । काठमाडौं पूर्व र पश्चिम भनेर दुइटा डिभिजन कार्यालय राखिनेछ ।
पश्चिमाञ्चलमा बाग्लुङ, मध्य पश्चिमाञ्चलमा रूकुमको चौरजहारी र जुम्ला, सुदूर पश्चिमको सा“फेबगरमा सडक डिभिजन कार्यालय खोलिनेछ । बाग्लुङले धवलागिरीका पा“च जिल्ला, चौरजहारीले रुकुम, जाजरकोट र डोल्पा, जुम्ला डिभिजनले डोल्पाबाहेक कर्णालीका चार जिल्ला, सा“फेबगरले अछाम र बाजुराको सडक तथा पुल निर्माण, अनुगमन, मर्मतको कार्य गर्नेछ ।  

एउटा डिभिजनले धेरैवटा जिल्लामा सडक तथा पुल निर्माण, अनुमगन र मर्मत गर्न समस्या परेकाले सेवाग्राही नजिक थप कार्यालय खोल्न लागिएको जानकारीसमेत सिटौलाले दिए । थप नौवटै सडक डिभिजन कार्यालयमा उपसचिवस्तरका इन्जिनियर प्रमुख रहनेछन् भने २५ देखि ४० जनासम्म थप इन्जिनियर र प्राविधिक कर्मचारी रहनेछन् । 
भौतिक पूर्वाधार मन्त्रालयले पोखरामा हेभिइक्विपमेन्ट डिभिजन कार्यालय खोल्ने भएको छ । सडक तथा पुल निर्माणका लागि आवश्यक ठूला उपकरणहरूको मर्मतसम्भार र रेखदेख गर्नका लागि नया“ डिभिजन कार्यालय खोलिएको हो ।
पोखरासहित अब हेभिइक्विपमेन्ट डिभिजन कार्यालय सातवटा पुग्ने भएका छन् । यसअघि पा“च विकास क्षेत्रमध्ये मध्यमाञ्चलमा दुई र अरूमा एक÷एकवटा हेभिइक्विपमेन्ट डिभिजन कार्यालय सञ्चालनमा छन् ।
थप सडक कार्यालय खोल्दा प्रशासनिक खर्च केही बढ्ने, तर कर्मचारीको दरबन्दी भने नबढ्ने दाबी मन्त्रालयको छ । सडक विभाग र मातहतका कार्यालयका हाल अनावश्यक भइसकेका टाइपिस्टलगायतका दरबन्दी काटिएको र प्राविधिकको दरबन्दी थपिएको सचिव सिटौलाले बताए ।

No comments:

Post a Comment