Saturday, August 9, 2014

डिल्लीबजार मालपोतका अधिकृतसहित ६ पक्राउ

काठमाडौं, २४ साउन– अख्तियार दुµपयोग अनुसन्धान आयोगले गुठीको जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत सिताराम पोखरेलसहित ६ जनालाई शुक्रबार पक्राउ गरेको छ ।
काठमाडौंको सरस्वती गाविस ६ को ४ रोपनी ४ आना गुठीको जग्गालाई रैकरमा परिण्ँत गरी व्यक्तिको नाममा दर्ता गर्ने गरेको अभियोगमा गुठी संस्थान शाखा कार्यालय त्रिपुरेश्वरका सहायक प्रशासक मेघराज सापकोटा, वरिष्ठ सहायक कृष्ण्ँहरि भट्टराई पनि पक्राउ परेका छन् ।
गलत विवरण्ँको निवेदन दिने कविन्द्र महर्जन, रवीन्द्र महर्जन र सुरेन्द्रराज जोशीलाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ । सापकोटा र भट्टराईले गुठी संस्थान शाखा कार्यालय त्रिपुरेश्वरबाट झूटा विवरण्ँको पत्राचार गरेका थिए भने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत पोखरेलले दर्ताको निणर््ँय गरेका थिए ।

अख्तियारका अनुसार तारेखमा राखी अनुसन्धान गर्दा प्रमाण्ँ नास गर्न सक्ने देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा (१) बमोजिम हिरासतमा लिई थप अनुसन्धान थालिएको हो । उक्त कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा गण्ँेशबहादुर भट्टराई भने फरार छन् । उनको खोजीकार्य जारी रहेको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको छ ।

No comments:

Post a Comment