Friday, August 29, 2014

ग्लोबल बैंकद्वारा बाढीपीडितलाई २० लाख सहयोग

विभिन्न संघ, संस्था र व्यक्तिद्वारा थप १० लाख सहयोग
काठमाडौं, १३ भदौ– ग्लोबल आईएमई बैंक र आईएमई ग्रुपले बाढी–पहिरो पीडितलाई २० लाख रुपैया“ सहयोग गरेको छ । अरू विभिन्न संघ, संस्था र व्यक्तिहरूले समेत बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा थप १० लाख रुपैया“ प्रदान गरेका छन् ।
ग्लोबल आईएमई बैंक र आईएमइ ग्रुपका तर्फबाट अध्यक्ष चन्द्र ढकालले बुधबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त सहयोग प्रदान गरेका हुन् । ढकालले देशमा बिपत्ति आएको बेला सहयोग गर्नु मानवीय धर्म नै भएकाले ग्लोबल बैंक र आइएमई समूह जनताको सुख दुःखमा सधै साथ रहन यो सहयोग प्रदान गरेको बताए । प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले सहृदयी दाताहरूबाट प्राप्त रकमको सदुपयोग गरिने आश्वासन दिएका थिए ।

स्वर्ग पवित्र सत्य सुन्दर समाजका तर्फबाट अध्यक्ष ओमबहादुर क्षेत्रीले बाढीपीडितलाई सहयोगार्थ ३ लाख ३३ हजार रुपैया“ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन् । नेपालमा कार्यरत भोलुन्टियर सर्भिस ओभरसिजले बाढी–पहिरो पीडितका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा २ लाख रुपैया“ सहयोग गरेको छ । सहयोग रकमको चेक भीएसओका राष्ट्रिय निर्देशक अर्र्लिना सी महिनाएले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

विश्व बन्य जन्तु कोषले बाढीपीडितलाई सहयोगार्थ १ लाख ८ हजार २ सय २२ रुपैया“ उद्धार कोषलाई प्रदान गरेको छ । केही समय पहिले नेपाल भ्रमण गरेका मलेसियाली मन्त्री मलेसियाका मानव संशाधन मन्त्री रिचार्ड रोइत अनक जिमले मलेसियन एअरलाइन्सका नेपालस्थित प्रतिनिधि भोला थापामार्फत बाढीपीडितका लागि १ लाख ५० हजार रुपैया“ सहयोग गरेका छन् । 
कालिमाटी तरकारी तथा फलफूल बजार समितिका तर्फबाट राहत कोष संयोजक प्रह्लाद भण्डारीले बाढीपीडितको सहयोगार्थ १ लाख २ हजार ९ सय ६५ रुपैया“ प्रधानमन्त्री कोइरालालाई प्रदान गरे । कोइरालाले बाढीपहिरो पीडितलाई सघाउन उदार मनले सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए । उनले मुलुकमा आइपरेको प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार, राहत, पुनःस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

No comments:

Post a Comment