Monday, August 25, 2014

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन

काठमाडौं, ९ भदौ– सरकारले देशका विभिन्न भागमा बाढी–पहिरोबाट पीडित व्यक्तिहरूका लागि कम्तीमा एक साताको खाद्यान्न, अन्य राहत सामग्री तिवरण गर्न, बसोबासका लागि टेन्ट, स्वास्थ्योपचार सेवा तत्काल उपलब्ध गराउन मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।
सरकारका तर्फबाट मुख्यसचिव लीलामणि पोडेलको संयोजकत्वमा आइतबार बसेको बिपद् व्यवस्थापनसम्बन्धी बैठकले बाढी–पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरी मातहतका निकायहरूलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
बैठकले बाढीपहिरोबाट बढी प्रभावित सुर्खेत, बा“के र बर्दियामा क्याम्पमा बसोबास गर्ने पीडित व्यक्तिको परिवार संख्याका आधारमा वितरित खाद्यान्न तथा अन्य राहत सामग्री, स्वास्थ्यकर्मीको उपलब्धता, अस्थायी शौचालय, पहु“च मार्गको व्यवस्था, विद्युत् आपूर्तिलगायतको विवरण संकलन गरी गृह मन्त्रालय मातहतको केन्द्रीय आपतकालीन उद्धार केन्द्रमा पठाउनसमेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
बैठकले बाढीपहिरो पीडित ज्येष्ठ नागरिक तथा अभिभावक नभएका बालबच्चको संरक्षणसहित क्षतिग्रस्त संरचना, प्रकोप प्रभावित परिवार संख्याको प्रमाणित विवरण पठाउनसमेत निर्देशन दिएको छ ।

सरकारले बाढी–पहिरो पीडित बसिरहेको क्याम्प तथा प्रभावित गाउ“हरूमा महामारी फैलिने सम्भावनालाई पूर्ण रूपमा रोक्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र मातहतका निकायलाई निर्देश गरेको छ । बैठकले प्रभावित जिल्ला, गाउ“ र विस्थापितहरू बसिरहेको क्याम्पमा स्वास्थ्यकर्मी र औषधिको कमी हुन नदिनसमेत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
बाढी–पहिरोबाट क्षति पुगेका खानेपानीका पाइन लाइन पुनः स्थापना गरी खानेपानी सुचारु गर्न, विस्थापितहरूका लागि झुल उपलब्ध गराउनसमेत बिपद् व्यवस्थापनसम्बन्धी बैठकले सम्बन्धित निकायलाई निर्देश गरेको छ । सुर्खेत, बर्दिया र बा“केका बाढी प्रभावित क्षेत्रका गाविस सचिवहरू फिल्डमा नरहेको पाइएमा निलम्बनलगायतका प्रशासनिक कारबाही गर्नसमेत निर्देशन दिइएको छ । 

No comments:

Post a Comment