Thursday, August 21, 2014

बाढी–पहिरोमा मर्नेको परिवारलाई एक/एक लाख राहत

काठमाडौं, ५ भदौ– देशका विभिन्न भागमा बाढी र पहिरोमा परी ज्यान गुमाएका प्रत्येक परिवारलाई सरकारले राहतस्वरुप एक÷एक लाख रुपैया“ उपलब्ध गराउने भएको छ । बाढी–पहिरोमा परी मुलुकभर हालसम्म २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
दैवी प्रकोप व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिÈद् कार्यालयमा बसेको बैठकले २०७१ सालमा बाढीपहिरो र डुबानबाट मृत्यु भएका मृतकका प्रतिपरिवारलाई एकर्÷एक लाख रुपैया“ राहत उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने निणर््ँय गरेको हो ।
प्रधानमन्त्री कोइरालाको अध्यÔतामा भएको बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रमुख प्रतिपÔी दलका नेता, व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा स्वतन्त्र सभासदसमेतको उपस्थिति थियो । बैठकले प्रभावित जिल्लामा प्रधानमन्त्री, मन्त्री, सभासद र नेताहरू जा“दा हेलिकप्टर प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

बैठकले मनसुनी वर्Èाका कारण्ँले विभिन्न Ôेत्रमा भएको बाढी, पहिरो र डुबानबाट भएकोे जनधनको Ôतिको तथ्यांक प्रस्तुति र हालसम्म भएको खोज, उद्धार, राहतसम्बन्धी कार्यको समग्र अवस्थाबारे समीÔा गरेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दिएका छन् ।
पीडितलाई राहत र उद्धारमा आ–आङ्खनो ठाउ“बाट सघाउन सबै राजनीतिक दल, सामाजिक संघसंस्था, उद्यमी व्यवसायी तथा आम नागरिकलाई आह्वान गर्ने र विपद् प्रभावित जिल्लामा सरकारबाट भइरहेका प्रयासलाई अझ बढी प्रभावकारी बनाउन प्रकोप व्यवस्थापनका लागि हाल जिल्ला तहमा क्रियाशील प्रकोप व्यवस्थापन संयन्त्रलाई सुदृढ बनाउन सरकारलाई निर्देशन दिने निणर््ँयसमेत बैठकले गरेको छ।
उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रकोप प्रभावित जिल्लाका व्यवस्थापिका संसदका सभासदलाई आ–आङ्खनो जिल्लामा सम्बन्धित राजनीतिक दलहरूले समन्वयात्मक रूपमा परिचालन गराउने, जोखिममा परेका गरिब, विपन्न परिवारलाई तत्काल राहत पु¥याउन विशेÈ प्रयत्न गर्नेलगायत निणर््ँय पनि बैठकले गरेको छ ।

No comments:

Post a Comment