Wednesday, August 27, 2014

चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, दुई अधिकारी घूससहित पक्राउ

काठमाडौं, ११ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको निषाद प्राविका प्रधानाध्यापकसहित ४ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा उक्त प्राविका व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार सहनी, पूर्वप्रधानाध्यापक उपेन्द्रप्रसाद सहनी, प्रधानाध्यापक सहनी र स्रोत व्यक्ति विन्दा सहनी छन् । प्रधानाध्यापक सहनीसहितले आर्थिक वर्ष २०६५÷६६ देखि २०६९÷७० सम्मको तलब, छात्रवृत्ति, पाठ्यपुस्तक, भौतिक निर्माणलगायतका शीर्षकमा सरकारी अनुदानका रूपमा प्राप्त १६ लाख ७४ हजार ५ सय ७८ रुपैया“ भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले हिनामिना गरेको रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम चारै जनाविरुद्ध हदैसम्मको सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

घूससहित अनुसन्धानका दुई अधिकारी पक्राउ
यसैबीच अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत राजन थापामगर र अनुसन्धान सहायक विश्वम्भर आचार्यलाई ७५ हजार रुपैया“ घूस लिंदालिंदै रंगेहात पक्राउ गरेको छ ।
न्युजिल्यान्ड जान लागेका २ व्यक्तिबाट वैदेशिक रोजगार विभागको स्वीकृति पाउन अत्यन्तै कठिन भएकाले श्रम स्वीकृतिबिना नै उनीहरूलाई सीधै अध्यागमन पार गराइदिने भनी विमानस्थल अगाडिको घलेदाइको सेकुवा कर्नरमा थापामगर र आचार्यलाई घूस लिइरहेको अवस्थामा अख्तियारको विशेष टोलीले पक्राउ गरेको हो । 

No comments:

Post a Comment