Sunday, August 24, 2014

बाढी–पीडितलाई राहत कोषमार्फत् १० लाख सहयोग

काठमाडौं, ८ भदौ– गणेशमान सिंह फाउण्डेशन र मदन मेमोरियल कलेजले बाढीपहिरो पीडितलाई सहयोग पु¥याउन आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे नौ लाख रुपैया“ जम्मा गरेका छन् ।
फाउन्डेसनले ९ लाख तथा कलेजले ५० हजार १ सय रुपैया“ सहयोग प्रदान गरेको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ । गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष एवं उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा कलेजका तर्फबाट मानार्थ क्याम्पस प्रमुख  ध्रुव कार्कीले प्रधानमन्त्री सुशील कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
कोइरालाले बाढी–पहिरो पीडितका लागि दाताहरूले उदारतापूर्वक दिएको  सहयोग रकमको सदुपयोग गरिने वचन दिएको प्रधानमन्त्री कार्यालयका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । उनले पहिरो र बाढी पीडितलाई आएको राहत रकम र सामग्री दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।


No comments:

Post a Comment