Wednesday, August 27, 2014

अख्तियारद्वारा नक्कली प्रमाणधारी कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं, ११ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक धरानका लेखा सहायक निरन न्यौपानेविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । न्यौपानेले जागिर खाने बेलामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको र त्यो भ्रष्टाचारजन्य कसुर भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनले पेश गरेको बिहार इन्टरमिडियट शिक्षा परिषद, पटना अन्तर्गतबाट सन् १९९६ मा आईकम उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।


No comments:

Post a Comment