Wednesday, August 20, 2014

संविधान नबनेसम्म राष्ट्रपतिका बारेमा विवाद नगरौं : प्रधानमन्त्री

‘मेरै निवासमा भ्रष्टाचार भइरहेको छ, नियन्त्रण गर्नोस्’
काठमाडौं, ४ भदौ– प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभाबाट नया“ संविधान जारी नभएसम्म राष्ट्रपतिका बारेमा विवाद नगर्न प्रमुख सत्ता साझेदार एमाले र प्रतिपक्षी एमाओवादीलगायतका दललाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सचिवहरूलाई निर्देशन दिने क्रममा सत्ता साझेदार दल एमालेको अध्यक्ष निर्वाचित हुनासाथ नेता केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपति संविधानसभा/व्यवस्थापिका–संसदबाट अनुमोदन हुनुपर्ने आवाज पुनः सार्वजनिक रूपमा उठाउन थालेकोप्रति संकेत गर्दै एक वर्षभित्र संविधान बनाउनुपर्नेमा जोड दिई राष्ट्रपतिका बारेमा विवाद नगर्न नेताहरूलाई आग्रह गरेका हुन् ।
कोइरालाले संविधानसभा निर्वाचनपछि माघ २६ मा कांग्रेस र एमालेबीच संयुक्त संयुक्त गठनका लागि सहमतिको पहिलो बु“दा बाह्रबु“दे समझदारी, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र ताजा जनादेशको मूल मर्म र भावनाबमोजिम संघीय लोकतान्त्रिक गण्ँतन्त्रात्मक संविधान एक वर्Èभित्र निर्माण्ँ गर्नेबाहेक अरू कुरामा विवाद नगर्न प्रमुख साझेदार एमालेलाई आग्रह गरेका हुन् ।
उनले संविधानसभाबाट नया“ संविधान जारी नभएसम्म विद्यमान अन्तरिम संविधानमा वर्तमान राष्ट्रपति कायम रहिरहने प्रष्ट व्यवस्था रहेको उल्लेख गर्दै कांग्रेस र एमालेबीच भएको सहमतिको पहिलो बु“दा एक वर्षभित्र पूरा गर्नसमेत मर्यादित राष्ट्रपतिका बारेमा विवाद नउठाउन एमालेसहित सबै दललाई आह्वान गरेका छन् । 

‘राष्ट्रपति व्यक्ति नभई मर्यादित र विवादरहित इन्स्टिट्युसन हो । राष्ट्रपति संविधानसभाबाट नया“ संविधान जारी नभएसम्म रहने प्रष्ट व्यवस्था छ । राष्ट्रपति रामवरण यादव स्वयं संविधान जारी भएपछि छाड्न तयार हुनुहुनुहुन्छ । संविधान जारी हुनासाथ म पनि प्रधानमन्त्री पद छाड्न तयार छु । राष्ट्रपति पनि, म पनि पदमा टा“सिइरहने पक्षमा छैनौं । अबको छ महिनामा संविधान तयार गरी जारौं गरौं, संविधान जारी भएपछि म एक दिन कुर्सीमा बस्दिन । राष्ट्रपति पनि बस्दिन“ । त्योभन्दा अगाडि राष्ट्रपतिका बारेमा विवाद नगरौं’ कोइरालाले भने ।
उनले एक वर्षभित्र अर्थात् माघ ८ सम्ममा संविधान जारी गर्ने कांग्रेस र एमालेबीच भएको सहमतिको पहिलो बु“दाप्रति प्रतिबद्ध रहन एमालेलाई बारम्बार आग्रह गरिरहे । उनले त्यसका लागि संविधान जारी गरेको दिन राष्ट्रपतिले मात्र होइन आफूले पनि पद त्याग्ने प्रतिबद्धता दोहो¥याइरहे ।
निकै भावुक भएर बोलेका प्रधानमन्त्रीले आगामी माघ ८ भित्र नया“ संविधान आउने ठोकुवा गर्दै संविधान निर्माण्ँ अघि राष्ट्रपतिलाई अनुमोदन गर्दा संविधानकै अपमान हुने बताए । कांग्रेस र एमाले सहमतिको चोथौ बु“दामा रहेको राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभा÷व्यवस्थापिका–संसदबाट अनुमोदन गर्ने भन्ने समझदारी असान्दर्भिक भइसकेको उल्लेख गर्दै अब त्यसलाई कोट्याउन नहुने उल्लेख गरे ।
कांग्रेस र एमालेबीच संयुक्त सरकार गठनका लागि माघ २६ मा भएको सातबु“दे सहमतिको पहिलो बु“दामा ‘बाह्रबु“दे समझदारी, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र ताजा जनादेशको मूल मर्म र भावनाबमोजिम संघीय लोकतान्त्रिक गण्ँतन्त्रात्मक संविधान एक वर्Èभित्र निर्माण्ँ गर्ने’ उल्लेख छ ।
उनले सचिवहरूलाई सम्बोधन गर्ने क्रममा भावुक भएर भने– ‘म पदमा टा“सिइरहन चाहन्न । जतिसक्दो छिटो संविधान जारी गरौं, संविधान जारी हुनासाथ एक मिनेट पनि म सत्तामा बस्दिन । सबै मिलेर संविधान २÷३ महिना जारी गरौं । म पद छाड्न तयार छु ।’ 
उनले सरकार निर्माण्ँका बेला भएका समझदारीप्रति आफू पूणर््ँ प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकार परिवर्तनको कुरा बेतुकको हल्लामात्र भएको बताए । साथै उनले संविधान बनेपछि आफू एक छिन पनि कुर्सीमा नबस्ने प्रतिबद्धता व्यक्त गरे ।
सचिवहरूलाई निष्पक्ष भएर काम गर्न निर्देशन
प्रधानमन्त्री कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भए पनि नगर्न सरकारका सबै सचिवहरूलाई निर्देशन दिएका छन् । उनले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पÔमा काम गर्न निर्देशन दिएका हुन् ।
‘तपाईं सचिवहरू मन्त्रीका होइन जनताका सेवक हो । तपाईंहरूले कानुन अनुसार कुन काम गर्न मिल्छ, कुन मिल्दै त्यहीअनुसार गर्नोस् । गलत काम मैले भने पनि, मन्त्रीले भने पनि नगर्नोस्, कानुनअनुसार मिल्ने काममात्रै निष्पक्ष भएर काम गर्नोस्’ उनले निर्देशन दिंदै भने ।
उनले सबै मन्त्रालय र निकायका सचिवहरूलाई व्यावसायिक भएर काम गर्न निर्देशन दिंदै कानुनअनुसार कुनै काम गर्दा अप्ठ्यारो परेमा सोझै आफूस“ग सम्पर्क गर्न आग्रह गरे । कानुनसम्मत काम गर्दा मन्त्री या कसैले अप्ठ्यारो पार्छ भने तपाईंहरूलाई संरक्षण गर्न र प्रोत्साहित गर्न आफू तयार रहेको जानकारीसमेत गराए ।
उनले सरकार परिवर्तनस“गै कर्मचारीतन्त्रमा हेरफेर गर्ने परिपाटीलाई हटाउनुपर्ने सुझाव दिंदै सचिवहरूलाई कसैको दबाबमा नपरी आङ्खनो विवेक प्रयोग गरेर काम गर्न आग्रह गरे । ‘मन्त्रीहरूको फलानो सचिव नै चाहिन्छ भन्ने अडान केका लागि मैले बुझेको छैन’ भन्दै उनले सचिवहरूलाई जुन सचिव लगे पनि कानुनसम्मत काम हुने हो भन्ने प्रत्याभूति दिनसमेत आग्रह गरे ।
उनले आफ्नै निवासको खर्चसमेत अस्वभाविक र अविश्वसनीय रहेको उल्लेख गर्दै बिल बढाइचढाइ गर्ने प्रवृत्तिका कारण त्यसो भएको हुन सक्ने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नसमेत सचिवहरूलाई निर्देशन दिए । ‘मेरो निवासमा मलगायत सबैले खाने दालभातमात्र हो, तर खर्च अचाक्ली भएको देखिन्छ । स्वकीय हुन् निजी सचिवालय (सरकारी) कर्मचारीले बढाइ“ चढाइ“ बिल पेस गर्ने प्रवृत्ति छ, त्यसलाई सचिवज्यूहरूले कडा अनुगमन र नियन्त्रण गर्नोस्’ कोइरालाले भने । 
प्रधानमन्त्रीले सचिवहरूलाई वर्Èौं लामो सरकारी सेवाको अनुभव सिर्जनशील कार्यमा उपयोग गरी सुशासन कायम गर्न र मुलुकलाई समृद्धितर्फ डो¥याउन आग्रह गरे । उनले एक वर्षभित्रमा संविधान बन्ने र संघीय लोकतन्त्र संस्थागत हुने विश्वास व्यक्त गर्दै अब राजनीतिकर्मी र कर्मचारीतन्त्रले राम्रोस“ग काम गरेमा मुलुकले ८÷१० वर्षमै ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सरकारका मुख्य सचिव लीलामण्ँि पौडेलले सचिवहरूलाई प्रधानमन्त्री कोइराला जस्तो साद्गी जीवन भएको नेतृत्व पाउनु इतिहासमै दुर्लभ भएको उल्लेख गर्दै त्यस्तो व्यक्तित्वलाई सदुपयोग गरी सुशासन कायम गर्न सचिवहरूलाई आग्रह गरे ।
उनले प्रधानमन्त्री कोइरालाको भावनाअनुसार नै व्यावसायिक रूपमा काम गर्न आफू प्रतिबद्ध रहेको बताउ“दै सचिवहरूलाई पनि सोहीअनुरुप भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई कार्य गर्न आग्रह गरे ।

No comments:

Post a Comment