Sunday, August 3, 2014

मन्त्रिपरिषदद्वारा मोदीको भ्रमण कार्यतालिका पारित

काठमाडौैं, १७ साउन– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारदेखि सुरु हुने दुईदिने नेपाल भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ । मन्त्रिपरिषद बैठकले मोदीको भ्रमणलाई सफल र परिणाममुखी बनाउने निर्णय गर्दै उनको भ्रमण कार्यतालिका स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
मन्त्रिपरिषदले भारतीय विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका क्रममा भएको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा उल्लिखित सबै विषयमा प्रधानमन्त्री मोदी र भारतीय अधिकारीहरूसितको द्विपक्षीय वार्तामा सहमति खोज्न अधिकतम प्रयास गर्ने निर्णयसमेत गरेको छ । 
तीमध्ये द्विपक्षीय वार्ताका क्रमा सहमति हुन बा“की रहने विषयका हकमा भने दुई देशबीच डेढ महिनामा समझदारीमा पुग्न द्विपक्षीइ कार्यदल बनाई अन्तिम गृहकार्य गर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ । रिजालले मोदीको भ्रमणका बेला नेपालले राख्ने विभिन्न एजेन्डा र गरिने सहमतिका विषयमा मन्त्रिपरिषदले विभिन्न निर्णय गरेको उल्लेख गर्दै त्यसबारेमा बताउन चाहेनन् ।
सरकारले पञ्चेश्वर प्राधिकरणको संयुक्त कार्यालय कञ्चनपुरमा खोल्ने र पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना अघि बढाउन सहमतिको प्रयास गर्नेसमेत निर्णय गरेको जानकारी स्रोतले दिएको छ । मन्त्रिपरिषदले भारतीय प्रधानमन्त्री मोदीको सवारी मन्त्री (मिनिस्टर अफ वेटिङ) सञ्चारमन्त्री रिजाललाई तोकेको छ ।

पहिरोपीडितलाई राहत र उद्धार जारी राखिने 
सरकारले भीषण पहिरोले सुनकोसी थुनिने क्रममा मृत्यु भएका व्यक्तिका परिवार, घरवारविहीन भएका र घाइतेलाई उचित सहयोग तथा  क्षतिपूर्ति दिने र त्यहा“ उद्धार कार्य जारी राख्ने निर्णय गरेको छ । थुनिएको सुनकोसीलाई क्षति नहुने गरी खोल्ने कार्य जारी राख्नसमेत स्थलगत रूपमा खटिएका नेपाली सेना, प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
बैरागीलाई कामु सचिवको जिम्मेवारी
सरकारले परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीलाई कायममुकायम सचिवमा बढुवा गरेको छ । बैरागीको सहसचिव भएको पा“च वर्ष पुगेकाले मन्त्रिपरिषदले उनलाई कामु सचिवमा बढुवा गरेको हो । निमित्तलाई दैनिक प्रशासन चलाउनेबाहेक नया“ निर्णय गर्ने अख्तियारी नहुने भएकाले सहसचिव भएको पा“च वर्ष पुग्नेबित्तिकै बैरागीलाई कामु सचिव बनाइएको हो ।


No comments:

Post a Comment