Tuesday, August 19, 2014

बाढी–पहिरोबाट २०,२३९ परिवार विस्थापित,

मर्ने १०५, बेपत्ता हुने १ सय ३६ पुगे, ११५८४ घर डुबानमा
काठमाडौं, ३ भदौ– साउन २९ देखि मुलुकका विभिन्न ठाउ“मा आएको बाढाी तथा पहिरोबाट हालसम्म १ सय ५ जनाको मृत्यु, ४२ जना घाइते हुनुका साथै १ सय ३६ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सोमबार अपराह्न जारी विज्ञप्तिका अनुसार बाढी–पहिरोबाट २० हजार २ सय ३९ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा बर्दियामा १४ हजार ४ सय २४, बा“केमा २ हजार ५, कैलालीमा १७ सय ४५, सुर्खेतमा १७ सय, दाङमा ३ सय, सल्यानमा ६५ परिवार छन् ।
बाढी–पहिरोमा परी मृत्यु हुनेमा सुर्खेतमा २८, बर्दियामा २१, दाङमा १४, जाजरकोटमा ४, धनुषा १, सर्लाहीमा १, उदयपुरमा १, ललितपुरमा ३, सिन्धुलीमा १, रुकुममा ३, चितवनमा २, रोल्पामा ४, कैलालीमा १, बा“केमा ५, डडेल्धुरामा २, गोरखामा ३, कालीकोटमा १, नवलपरासीमा १, सल्यानमा ७, अर्घाखा“चीमा १ जना छन् । बाढी–पहिरोमा परी अहिलेसम्म बेपत्ता हुनेमा सुर्खेतमा १ सय ६, बर्दियामा १५, सल्यानमा ३, बा“केमा ५, दाङमा ४, डडेल्धुरामा १, सिराहामा २ जना छन् ।
बाढीपहिरोबाट ११ हजार ५ सय ८४ घर डुबानमा परेका छन् । बा“केमा ६ हजार ३ सय ६४, बर्दियामा ३ हजार ८ सय ३७, सिराहामा ४ सय १५, रौतहटमा २ सय ५०, सुर्खेतमा ३ सय ७९, कैलालीमा २ सय, दाङमा ३५, मोरङमा ८४, चितवनमा २० घर डुबानमा परेको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट ३ सय २८ घर पूर्ण रूपमा र १ सय ४५ घर आंशिक क्षति भएका छन् । दाङमा ३ सय,  कैलालीमा ११, जाजरकोटमा ५, रुकुममा २, खोटाङमा १, नवलपरासी ४ र सल्यानमा ५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् । कैलालीमा १ सय ४५ घर आंशिक रूपमा क्षति भएका छन् । बाढी–पहिरोका पीडितलाई हालसम्म ७ लाख ७० हजार रुपैया“ राहत रकम बा“डिएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

No comments:

Post a Comment