Friday, August 29, 2014

नौ महिनापछि २६ को ठाउ“मा बल्ल १७ सभासद

मृदुला प्रधानमन्त्रीको सल्लाहकार नियुक्त
काठमाडौं, १४ भदौ– मन्त्रिपरिषदले संविधानसभा निर्वाचन भएको नौ महिनापछि संविधानसभामा मनोनयन हुने २६ सभासदमध्ये शुक्रबार १७ जनामात्र मनोनित गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले कांग्रेसका ८, एमालेका ८ र प्रतिपÔी राप्रपा नेपालको सिफारिसमा १ जना सभासद मनोनयन गरेको हो ।
अझै ९ सदस्य मनोनीत गर्न बा“की छ । त्यसमा कांग्रेसको एक, प्रमुख प्रतिपक्षी एमाओवादीका चार, मधेसी दलका २ र साना दलका तर्फबाट २ जना मनोनीत गरिनेछ । ती दलले नाम सिफारिस नगरिसकेको हुनाले मनोनयन हुन नसकेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले कांग्रेसको बा“की १ तथा एमाओवादी, मधेसी दल र साना दलको भागमा परेको ९ सिटमा आगामी मन्त्रिपरिषद बैठकबाट मनोनयन गरिने बताए । मधेसी दलहरूले २६ सभासदको भागबण्डाप्रति विरोध गर्दै आएका छन् । उनीहरूले समानुपातिक वा प्रत्यÔतर्फ दलहरूले पाएको मतका आधारमा सभासद भागबण्डा हुनुपर्ने माग गर्दै आएका छन् ।
संविधानसभाको ठूलो दल कांग्रेसको सिफारिसमा राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानिया“, सकलदेव सुतिहार, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङ्टा सभासद मनोनीत भएका छन् ।  

कानुन व्यवसायी राधेश्याम अधिकारी अघिल्लो संविधानसभामा २६ सभासदमा कांग्रेसको कोटामा मनोनीत भएका थिए । कांग्रेसको कोटाबाट सभासद भएका उमेश श्रेष्ठ निजी बोर्डिङ तथा कलेज सञ्चालक हुन् भने अनिलकुमार रुङ्टा वरिष्ठ नेता शेरबहादुर शेरबहादुर देउवा निकट वीरगन्जका व्यापारी हुन् । 
श्रेष्ठ कांग्रेसको संस्थापनको कोटामा ल्याइएको हो । खड्का रामेछापका पूर्व जिविस सभापति र पार्टीका पुराना नेता हुन् । 
उराव अल्पसंख्यक समुदायबाट ल्याइएका कांग्रेस समर्थक शिक्षक नेता हुन् । । आचार्य ट्रेड युनियन कांग्रेसका पूर्व महासचिव हुन् । सुतिहार कांग्रेस समर्थक डेमेक्रेटिक इन्जिनियर्स एसोसिएसनको सिफारिसमा सभासद भएका हुन् । बानिया“ म्याग्दी कांग्रेसका पूर्व सभापति हुन् । कांग्रेसमा सभासदहरूको चयन संसदीय समितिबाट हुनुपर्ने विधानको व्यवस्थाविपरीत केन्द्रीय पदाधिकारी बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।
मन्त्रिपरिषदले कांग्रेसको सिफारिसमा रुक्मिणी कोइरालालाई समेत सभासद मनोनीत गरेको थियो । तर, पछि मन्त्रिपरिषदले समानुपातिक सिटमा उम्मेदवार रहिसकेको थाहा पाएपछि कोइरालाको नाम सभासदको सूचीबाट हटाएको छ ।उनी समानुपातिक सूचीको ८२ नं. मा उम्मेदवार थिइन् । सर्वोच्च अदालतले प्रत्यक्ष र समानुपातिक सिटमा उम्मेदवार रहेकालाई सभासद मनोनयन नगर्न आदेश जारी गरेकाले मन्त्रिपरिषदले कोइरालाको नाम हटाइएको हो । 
एमालेको कोटाबाट उदय नेपाली श्रेष्ठ, अग्नि खरेल, गंगादेवी डा“गी, मिरा ध्वजु, पेम्बा भोटे, नरेश खरेल, डा. राजन भट्टराई र पर्तमान धिमाल सभासद मनोनीति भएका छन् । एमाले केन्द्रिय सदस्य समेत रहेका कानुन व्यवसायी अग्नि खरेल अघिल्लो संविधानसभामा एमालेको समानुपातिक सिटबाट सभासद थिए । श्रेष्ठ पूर्व कानुन सचिव हुन् । नरेश खरेल झापा आन्दोलनका अगुवा नेता हुन् । उनी १६ वर्ष लागतार जेल परेका थिए । एमाले महासचिव इश्वर पोखरेलकी पत्नी मिरा ध्वजु यसअघिको केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिइन् । पेम्बा भोटे जनजाति महासंघका महासचिव हुन् भने धिमाल अल्पसंख्यक समुदायबाट ल्याइएका एमालेका जिल्लास्तरीय नेता हुन् । हालै एमाले केन्द्रिय सदस्य निर्वाचित भट्टराई माधव नेपाल प्रधानमन्त्री  हुदा“ परराष्ट्र सल्लाहकार थिए । डा“गी एमालेकी पूर्व केन्द्रीय सदस्य हुन् । 
स्रोतका अनुसार एमाले कोटामा परेका आठमध्ये सबै ओली समूहका हुन् । वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमको सिफारिसमा कोही पनि परेनन् । यसले गर्दा एमालेभित्र असन्तुष्टि बढेको छ । एमालेमा सभासद्हरूको मनोनयन गर्ने जिम्मा अध्यक्षलाई दिइएको थियो । 
यसैगरी राप्रपा नेपालको सिफारिसमा गम्भीर आर्थिक विवादमा परी संसदकै सार्वजनिक लेखा समितिको छानबिनमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई सभासद मनोनीत गरिएको छ । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ हुन् । 
उनी दुई दसकदेखि निरन्तर एन्फाका अध्यक्ष छन् । संघकै दुई उपाध्यक्षसहित तीन पदाधिकारीले थापाले आर्थिक अनियमितता गरेको दाबी गर्दै उजुरी दिएपछि लेखा समितिले उनीमाथि छानबिन गरिरहेको छ । अख्तियारले समेत उनीमाथि छानबिन गरिरहेको छ ।
मृदुला प्रधानमन्त्रीको सल्लाहकार नियुक्त
मन्त्रिपरिषदले प्रधानमन्त्रीको अवैतनिक जनसम्पर्क सल्लाहकारमा मृदुला कोइरालालाई नियुक्त गरेको छ । लामो समयदेखि पहिला स्वदेशमा र पछिल्लो समयमा अमेरिकामा बसेर कांग्रेस राजनीतिक गर्दै आएकी मृदुलालाई सल्लाहकार नियुक्त गरिएको हो । उनले अमेरिकामा प्रधानमन्त्री कोइरालाको क्यान्सरको उपचार गराउनसमेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनी अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् । निजामती प्रशासनमा ग्रिनकार्ड होल्डर कर्मचारीलाई कारबाही गर्न विधेयक संसदमा लगेको सरकारले त्यसको भावनाविपरीत प्रधानमन्त्रीको सल्लाहकारमा ग्रीनकार्ड होल्डरलाई नियुक्त गरेको हो । 
सरकारले राष्ट्रपति चुरे संरक्षण विकास समितिको सदस्यमा सुनितासिंह ठकुरी, विजयकुमारसिंह दनुवार, फुर्वा तामाङ र नागेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । ऋण असुली पुनरावेदन न्यायाधीकरणको पुनरावेदन सुन्ने अधिकारीमा महेशकुमार थापालाई नियुक्त गरिएको छ ।







No comments:

Post a Comment