Monday, December 23, 2019

हङकङमा ट्रान्जिट भिसा माग

काठमाडौं, ६ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा पाउने व्यवस्था गर्ने विषयमा चीन सरकारसँग कूटनीतिक पहल गर्न सरकारसित माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गरेको हो ।
काठमाडौं–मकाउ आउजाउमा सीधा हवाई उडान छैन । रोजगारीका लागि जाने र फिर्नेले हङकङमा कठिनाइ भोग्नुपरिरहेको ज्ञापनपत्रमा उल्लेख छ । मकाउमा वर्क पर्मिट लिई करिब चार हजार नेपाली रोजगारीमा छन् । काठमाडौंं–हङकङ–मकाउ पायक पर्ने रुट रहेकाका कारण हङकङमा नेपालीलाई ट्रान्जिट भिसा दिने व्यवस्था जरुरी रहेको खाँडले बताए ।
प्रत्युत्तरमा परराष्ट्रमन्त्री ज्ञवालीले उक्त समस्याबारेमा आफू गम्भीर रहेको उल्लेख गर्दै मन्त्रालयमार्फत कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

No comments:

Post a Comment