Wednesday, December 25, 2019

कार्यालय प्रमुख र इन्जिनियरसहित ९ विरुद्ध मुद्दा

काठमाडौं, ८ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर त्रिलोक जोशीसहित नौ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली बिलभरपाई बनाई आचार्य र स्वास्थ्य कार्यालय म्याग्दीका आर्थिक सल्लाहकार हरिशंकर शर्माले १ लाख ७८ हजार ४ सय ८६ तथा क्षयकुष्ठ सहायक (पा“चौं) मनीषकुमार महतोले ४ लाख ८१ हजार ९ सय ९५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 
तालिम कार्यक्रम सञ्चालनका क्रममा नक्कली बिलभरपाई बनाई १ लाख ८ हजार रुपैयाँ भ्रष्टाचार गरेका स्वास्थ्य कार्यालय म्याग्दीकै तथ्यांक अधिकृत मेघनाथ रेग्मीविरुद्ध समेत अर्को मुद्दा दायर गरिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कैलालीका इन्जिनियर त्रिलोक जोशी पनि भ्रष्टाचार मुद्दामा परेका छन् । जोशीले स्वास्थ्य चौकी भवन निर्माणका क्रममा सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । यस्तै, बर्दियाको बढैयाताल गाउ“पालिका–६ का तत्कालीन वडासचिव मणिराज पौडेलसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरी, जिल्ला प्राविधिक कार्यालय बर्दियाका सब–इन्जिनियर लोकबहादुर शाही, खरिदार प्रदीप चौधरीमाथि आयोगले मुद्दा दायर गरेको हो । वडा कार्यालय भवनको माथिल्लो तला निर्माणका क्रममा हुँदै नभएको काम देखाई पौडेलसहित चार जनाले १ लाख ८९ हजार ७ सय ५२ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

No comments:

Post a Comment