Wednesday, December 18, 2019

पूर्वसभासद ढुंगेलको निधन

काठमाडौं, १ पुस– कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुंगेलको ६० वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात भएपछि आइतबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएका ढुंगेलको मंगलबार दिउ“सो निधन भएको हो ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी ढुंगेल २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । ढुंगेलको पशुपति आर्यघाटमा मंगलबार सा“झ दाहसंस्कार गरियो ।
२०४० सालदेखि राजनीतिमा सक्रिय ढुंगेल २०४३ मा कटुञ्जे गाउ“ पञ्चायतको प्रधानपञ्च, २०४९ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसमा अध्यक्ष निर्वाचित भएका थिए । कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालाई खानेपानीको व्यवस्था गर्न सफल भएपछि उनी उक्त क्षेत्रमा लोकप्रिय थिए । उनी गणेशमान स्मृति बाटिका प्रतिष्ठानका अध्यक्षसमेत थिए ।
उनका तीन छोरा छन् भने श्रीमतीको गत वर्ष निधन भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र भक्तपुर कांग्रेसले मंगलबार नै विज्ञप्ति जारी गरी पूर्वसभासद एवं पार्टीका महासमिति सदस्य ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

No comments:

Post a Comment