Wednesday, December 18, 2019

बस दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौंं, १ पुस– सिन्धुपाल्चोकमा गत आइतबार भएको बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मंगलबार सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिलाई सदस्य छन् । समितिलाई दुर्घटनाको स्थलगत अध्ययन र छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । दोलखाबाट राजधानी आउ“दै गरेको बा४ख ४४६८ नम्बरको बस सुनकोसी गाउ“पालिका–७ स्थित छ किलो मोडमा आइतबार दुर्घटना हु“दा १५ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री केपी ओलीले सोमबार गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित सरोकारवाला मन्त्रालयका अधिकारीहरूलाई बालुवाटारमा बोलाएर पछिल्लो समय सडक दुर्घटनाका खबर बढी आउन थालेकामा चिन्ता प्रकट गर्दै न्यूनीकरणका उपाय खोज्न निर्देशन दिएका थिए ।

No comments:

Post a Comment