Saturday, December 14, 2019

काम नगर्ने चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं, २८ मंसिर– सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटने, तर काम नगर्ने चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले सार्वजनिक खरिद ऐनबमोजिम शनिबारदेखि लागू हुने गरी ती चार कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
ठेक्का सम्झौता गरी मोबिलाइजेसन खर्च (पेश्की रकम) बुझेर लामो समयसम्म दुरुपयोग गर्ने र कामै नगर्ने प्रवृत्तिमाथि अंकुश लगाउन कानुनबमोजिम ठेकेदार कम्पनीलाई कारबाही गरी कालो सूचीमा राख्ने क्रमलाई तीव्र पारिएको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीले दिएका छन् । 
यस्तो कारबाहीले ठेकेदार कम्पनीहरू ट्र्याकमा आई विकासनिर्माणका काम लक्ष्यित समयमा गर्न बाध्य हुने विश्वाससमेत ती अधिकारीको छ ।
कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सरकारी र सार्वजनिक कुनै पनि निकायको विकासनिर्माण र खरिद प्रक्रियाको ठेक्कामा सहभागी हुन पाउने छैनन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले शनिबार सूचना जारी गरी ती कम्पनीलाई कुनै पनि ठेक्का प्रक्रियामा संलग्न नगराउन सबै सार्वजनिक कार्यालयलाई निर्देशन दिएको छ ।
कालो सूचीमा राखिएका कम्पनीमा श्री सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगर–१३ तीनकुने, श्री शान्ति÷राम जेभी भक्तपुर, श्री चौलागाईं निर्माण सेवा खा“डाचक्र नगरपालिका– १ कालिकोट र श्री अरनिको÷त्रिशुली जेभी काठमाडौं महानगर–१६ बालाजु छन् । श्री शान्ति÷राम जेभीलाई तीन वर्ष र बाँकी तीनवटा कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयको सूचनामा उल्लेख छ ।
श्री अरनिको÷त्रिशुली जेभीलाई जिल्ला समन्वय समिति मुस्ताङ, श्री शान्ति÷राम जेभीलाई जिल्ला समन्वय समिति जुम्ला, श्री चौलागाईं निर्माण सेवालार्ई जलस्रोत तथा सिंचाइ विकास सबडिभिजन कार्यालय कालिकोट र श्री अरनिको÷त्रिशुली जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नुवाकोटको आग्रहमा कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

No comments:

Post a Comment