Saturday, December 14, 2019

कार्यवाहक वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं, २८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको जहदा गाउँपालिका– १ कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जहदा–१ का वडा सदस्य साहले कार्यवाहक वडाध्यक्षको हैसियतमा ग्राभेल सडक निर्माण योजना कार्यान्वयनका क्रममा सेवाग्राहीसित २१ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीविरुद्ध डेढ महिना कैद सजाय र बिगोबराबर जरिवाना गर्न मागदाबी गरेको छ । यसैगरी अख्तियारले घूस लिएकै अभियोगमा लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय, रूपन्देहीका लेखापाल रत्नेश्वर तिवारीविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
छानबिनका क्रममा तिवारीले केन्द्रीय कार्यालयका लागि खरिद गरिएको सामानको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २५ हजार घूस लिएको प्रमाणित भएकाले मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment