Tuesday, December 17, 2019

गुप्तचरसम्बन्धी विधेयकविरुद्ध कांग्रेसद्वारा विरोधको सूचना दर्ता

काठमाडौं, ३० मंसिर– राष्ट्रिय सभामा पेस भएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार विरोधको सूचना दर्ता गरेको छ । कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागसम्बन्धी विषय समेटिएको विशेष सेवा विधेयक संविधानविपरीत रहेको जिकिर गर्दै विरोधको सूचना दर्ता गरेका हुन् । संविधानको मौलिक हकले प्रदान गरेको नागरिक स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने गरी राखिएका प्रावधान संविधान प्रतिकूल रहेको उल्लेख गर्दै विधेयक फिर्ता लिन माग गरिएको छ । विधेयक राष्ट्रिय सभा बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने सरकारको प्रस्तावविरुद्ध सूचना दर्ता गरेको पन्थले बताए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खा“णले सोमबार नै विज्ञप्ति जारी गरी उक्त विधेयक फिर्ता लिन माग गरेका छन् ।

No comments:

Post a Comment