Monday, December 30, 2019

नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था त्रुटिपूर्ण : अध्यक्ष शर्मा

काठमाडौं, १३ पुस– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा नै नागरिकतासम्बन्धी प्रावधानमा पुरुष र महिलाबीच भेदभाव रहेको बताएका छन् ।
राजधानीमा आइतबार ‘राज्यविहीनताविरुद्ध अन्तर्राष्ट्रिय कानुनहरूको संगालो’ विमोचन गर्दै उनले नागरिकतासम्बन्धी विभेद अन्त्य गर्न संविधान संशोधन गर्नु पर्ने बताए ।
‘संविधानमै नागरिकतासम्बन्धी प्रावधान विभेदपूर्ण छ । बाबु नेपाली र आमा विदेशी भयो भने तिनका छोराछोरीका लागि नागरिकतामा कुनै समस्या छैन । बाबु विदेशी र आमा स्वदेशी भयो भने नागरिकता प्राप्तिमा समस्या छ । वंशजको आधार पुरुषबाट सुरु हुने संवैधानिक व्यवस्था नै विभेदपूर्ण छ’ उनले भने ।
शर्माले बाबु नेपाली हु“दा छोराछोरी वंशज हुने र आमा नेपाली तथा बाबु विदेशी हु“दा वंशज नहुने प्रावधान आफैंमा त्रुटिपूर्ण रहेको उल्लेख गर्दै संविधान संशोधन गरी त्यसलाई सच्याउनु पर्ने बताए ।

No comments:

Post a Comment