Sunday, December 29, 2019

मिडिया बुर्जुवाको हातमा छ : दाहाल

‘सरकारले इमानदारीका साथ काम गरिरहेको छ’
काठमाडौं, १२ पुस– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको मिडिया बुर्जुवा वर्गको हातमा रहेको दाबी गर्दै त्यसप्रति सिंगो पार्टीपंक्ति सजग हुनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित प्रेस संगठन नेपालका पदाधिकारीहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई उल्ट्याउन भइरहेका प्रयासलाई सफल हुन नदिन जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले राजनीतिक परिवर्तन र उपलब्धिलाई जोगाई राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्नसमेत पार्टी निकट सञ्चारकर्मीलाई आग्रह गरे ।
‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन्’ उनले भने– ‘परिवर्तनलाई उल्ट्याउन भइरहेका प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिन जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।’
उनले अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको र त्यसमा इन्टरनेट र डिजिटलाइजेसनले मुख्य रूपमा काम गरिरहेको उल्लेख गर्दै नया“ प्रविधि र माध्यमको प्रयोग गरी पार्टीको पक्षमा काम गर्न प्रेस संगठनलाई आग्रह गरे ।
उनले सरकारले इमानदारीका साथ काम गरिरहेकाले विरोधीहरूले गरेको प्रचारले कुनै अर्थ नराख्ने दाबी गर्दै त्यस्ता प्रचारको प्रतिवाद गर्नसमेत पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । ‘५ वर्षका लागि सरकार दिन्छौं भनेका थियौं, त्यो हामीले दिएका छौं । पूर्ण अवधिका लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ, कुनै आशंका नपालौं, नराखौं’ उनको भनाइ थियो । उनले पार्टीका विचार, राजनीतिक दृष्टि र कार्यक्रमलाई जनतामा पु¥याउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नसमेत प्रेस संगठनलाई आग्रह गरे ।

No comments:

Post a Comment