Thursday, December 12, 2019

पत्रकार कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति

काठमाडौं, २५ मंसिर– नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालयले दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन मंगलबार दशरथ रंगशालामा पत्रकारमाथि लाठीचार्ज भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
कार्यालयले बुधबार एसएसपी श्यामलाल ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा डीएसपी श्यामसिंह चौधरी र मनोहर श्रेष्ठ सदस्य छन् । समितिले बुझाउने छानबिन प्रतिवेदनका आधारमा कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने जानकारी कार्यालयले दिएको छ ।
दशरथ रंगशालामा प्रवेश गर्ने क्रममा नागरिक दैनिकका सुमन चापागाईंलगायतका पत्रकार र सर्वसाधारणमाथि डीएसपी रुगम कुँवरसहितका प्रहरीले लाठीचार्ज गरेका थिए । नेपाल पत्रकार महासंघ र खेलकुद पत्रकार मञ्चले कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेका थिए ।

No comments:

Post a Comment