Tuesday, December 31, 2019

डा. सिंह एआईजीमा सिफारिस

काठमाडौं, १४ पुस– गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
गृहसचिव प्रेमकुमार राई अध्यक्ष तथा महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले सिंहलाई प्रहरी संगठनको स्वास्थ्य उपसमूहतर्फको प्राविधिक एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
उनी स्त्रीरोग विशेषज्ञ हुन्।अब बस्ने मन्त्रिपरिषद् बैठकले बढुवा गरेपछि उनले अस्पतालको नेतृत्व सम्हाल्नेछिन्। गत पुस ३ मा एआईजी एवं अस्पतालकी प्रमुख डा. दुर्गा थापाले अनिवार्य अवकाश पाएपछि पद रिक्त थियो । एआईजीका लागि डीआईजीत्रय डा. सिंह, डा. मीनराज पाठक र डा. सुमनराज श्रेष्ठ प्रतिस्पर्धामा थिए । उनीहरू ०७५ पुस १ मा एकैदिन डीआईजीमा बढुवा भएका हुन् ।


No comments:

Post a Comment