Sunday, December 29, 2019

गोकर्ण रिसोर्टको लिजको म्याद थप गर्ने कानुनसम्मत : प्रधानमन्त्री

‘देउवाका पालामा भएका लिजका निर्णयमाथि छानबिन हुन्छ’
काठमाडौं, १२ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्ट मातहत रहेको गोकर्ण रिसोर्ट र त्यसले चर्चेको जग्गा यति समूहलाई थप २५ वर्षका लागि लिजमा दिने सरकारको निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
सत्तारूढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको सपथग्रहण कार्यक्रममा शनिबार बोल्दै यति समूहको लिज अवधि ५ वर्ष ८ महिना बाँकी छँदै २५ वर्षलाई म्याद थप गर्ने ‘विवादास्पद’ निर्णयको बचाउ गरेका हुन् ।
्उनले हचुवाका आधारमा नभई स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर लिज अवधि थपिएको दाबीसमेत गरे । ‘पहिला हचुवाको भरमा मूल्य राखेर कौडीको भाउमा लिजमा दिने प्रवृत्ति थियो । अहिले स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर मूल्य तोकी लिजको अवधि थपिएको हो, त्यो निर्णय कानुनसम्मत छ’ उनले दाबी थियो ।
समय बा“की छ“दै किन लिज अवधि थपियो भन्ने प्रश्न उठाइएको उल्लेख गर्दै उनले लिजमा लिने संस्थाले गोकर्ण रिसोर्टमा थप केही संरचना बनाउन समय लाग्ने भएकाले पहिले नै समय थपिएको बताए ।
‘अवधि बाँकी रहँदै कि सरकारले गोकर्ण रिसोर्ट नचलाउने भन्नुप¥यो, कि अरू केही गर्नुप¥यो । जब कसैले लिजमा लिएको छ । उसले थप प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले म्याद थप नपाउने भन्ने हु“दैन’ उनले भने । उनले पहिले नै म्याद थप नगर्ने हो भने लिजमा लिने संस्थाले संरचना निर्माण गर्न नसक्ने दाबीसमेत गरे ।
‘पहिले लिज भएन भने उसले निर्माण गर्न सक्दैन । बैंकबाट ऋण लिनपु¥यो । निर्माण गरेर सञ्चालन गर्नुप¥यो’ उनले भने, ‘केही वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय बाँकी छँदैै लिज अवधि थप्दा अनुचित भएको छैन ।’
गोकर्ण रिसोर्ट र त्यसले चर्चेको २ हजार ७ सय ९३ रोपनी जग्गा ५ वर्ष ८ महिना लिज अवधि बाँकी छँदै सरकारले थप २५ वर्षलाई यति समूहलाई लिजमा सञ्चालन गर्न दिएको हो । बिना प्रतिस्पर्धा सोझै र कम भाडामा लिजमा दिएको भनेर सरकारको चौतर्फी विरोध भइराखेकेको छ ।
प्रधानमन्त्री ओलीले अघिल्ला सरकारका पालामा ट्रस्टको जमिन र अरू सार्वजनिक सम्पत्ति लिजमा दिँदा घोटाला भएको दाबी गर्दै त्यसमाथि सरकारले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारका पालामा यति समूहलाई ट्रस्टको कालीमाटीस्थित जग्गा र सगरमाथा निकुञ्जको जग्गा लिजमा दिइएको उल्लेख गर्दै ती निर्णयसमेत आफ्नो सरकारको पालामा भएको भनेर विरोध भइरहेकामा आपत्ति जनाए । ती लिजको निर्णयमा बद्मासी र घोटाला भएको जिकिर गर्दै त्यसमा सरकारले छानबिन गरिछाड्ने बताए
‘चुनाव हारिसकेपछि अल्पमतमा परेको तत्कालीन देउवा सरकारका पालामा सगरमाथा निकुञ्जको जग्गा र कालीमाटीको जग्गा लिजमा दिनेजस्ता बदमासीपूर्ण निर्णय भएको हो’ प्रधानमन्त्रीले भने– ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिसनखोर होइन, जग्गा लिजमा दिइएको ती निर्णयमाथि छानबिन गर्छ ।’
ओलीको नेतृत्वका सरकार गठन हुनासाथ मन्त्रिपरिषदले देउवाका काम चलाउ सरकारका पालामा भएका सबै निर्णय बदर गरेको थियो । तर, ओली मन्त्रिपरिषदले कालीमाटीस्थित ट्रष्टको जग्गा र सगरमाथा निकुञ्जको जग्गा यति समूहलाई लिजमा दिने देउवा सरकारको निर्णय भने यथावत राखेको हो । ओली मन्त्रिपरिषदले देउवा सरकारको दीर्घकालीन प्रभाव पार्ने लिजको निर्णय बदर नगरी उसका नया“ नियुक्ति र सरुवाबढुवाजस्ता सामान्य निर्णयमात्र बदर गरेको हो ।
उनले आफ्ना सरकारका पालामा असाधारण र विपक्षीको मन पोल्ने गरी काम भएको दाबी गरे । उनले आफूले नेपालमा पानी जहाज चलाउनु पर्छ भनेर योजना बनाउ“दा पनि उडाइएको र विरोधीहरूले त अझै नदीमा पनि कतै पानी जहाज चल्छ भनेर आलोचनासमेत गरेको बताए । ‘एकाथरीले मलाई उडाउन कागजको पानीजहाज नै बनाएका थिए, अर्काथरीले पानी जहाज नै बनाएर देखाइदिएका छन्, छिट्टै नारायणी नदीमा पानी जहाज चल्दैछ । अब मजाक गर्नेहरू आश्चर्यचकित हुनेछन्’ उनले भने ।
नेकपाका अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता भीम रावलप्रति संकेत गर्दै आफ्नो दलको सरकारको विरोधमा मात्र बोल्नेहरू कुण्ठाले ग्रस्त रहेको आरोप लगाए ।
उनले गलत नीति, व्यवहार वा आन्दोलनलाई कमजोर पारेको भए पार्टीका नेताहरूले आलोचना गर्नु स्वभाविक हुने उल्लेख गर्दै आफ्नो सरकारका राम्रा कामको समेत विरोध भइरहेको बताए । ‘विरोधीहरूले सिधा आँखाले हेर्न नसक्ने गरी पार्टी र आन्दोलनलाई बलियो बनाउँदा पनि आलोचना गर्नु विरोधका लागि विरोधमात्र हो’ उनले भने ।
उनले राष्ट्रियसभामा नेकपाले दुई सदस्य जित्ने ग्यारेन्टी गर्न राष्ट्रिय जनता पार्टीसँग सहमति गर्दा पार्टीकै एकथरी नेताले रोइकराई गरेको र त्यस्तो विरोध आपत्तिजनक रहेको बताए । ‘बालुवाटारबाट कालो धुँवाको मुस्लो निस्कियो रे ...’ .कविहरू पनि नयाँ नयाँ खालका निस्किएका छन् । अचम्म अचम्मका कविता’ उनले भने । नेता रावलले बालुवाटारमा राजपासित सुटुक्क सहमति गरेकामा विरोध गर्दै नेकपाको स्थायी कमिटी बैठकमा कविता सुनाएका थिए ।
उनले पार्टीकै केही नेताले आफैं सवार डुंगामा प्वाल पार्ने असफल प्रयास गरिरहेको बताए । ‘जसले प्वाल पार्न खोजे पनि डुंगामा प्वाल पार्न दिंदैनौं । जसले डुबाउन खोजे पनि डुंगा डुब्दैन’ उनले भने ।

No comments:

Post a Comment