Tuesday, December 17, 2019

डीएसपी राईलाई सफाइ

काठमाडौं, ३० मंसिर– भ्रष्टाचारको अभियोग मुद्दामा नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले राईलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७५ असोज २० मा महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख राईलाई कार्यकक्षबाटै १ लाख ४० हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरेको थियो । १ लाख ४० हजार बिगो मागदाबी गरी राईविरुद्ध ०७५ कात्तिक २८ मा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
राईले आफूलाई कार्यकक्षमा टेलिभिजन आवश्यक रहेको भन्दै त्यसका लागि रकम दिन सेवाग्राहीलाई दबाब दिएका थिए । ती सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ लि“दालि“दै अख्तियारको टोलीले राईलाई पक्राउ गरेको थियो । उनले आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको र आफूले घूस भने नलिएको दाबी गर्दै आएका थिए ।

No comments:

Post a Comment