Sunday, December 8, 2019

त्रिविका विद्यार्थीलाई अब एक लाखसम्म निःशुल्क उपचार

त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसमा समेत अब १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, २१ मंसिर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब आफ्ना सबै विद्यार्थीलाई एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा दिने भएको छ । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगन्जबाट आफ्नो विद्यार्थीलाई एक लाखसम्म निःशुल्क उपचार सुविधा दिने छ ।
हालै बसेको त्रिवि सभा (सिनेट बैठक) ले प्रतिविद्यार्थी दिंदै आएको ५० हजारसम्मको निःशुल्क उपचार सुविधालाई बढाएर १ लाख रुपैयाँ पु¥याएको हो । त्रिविले ती अस्पतालसँग आफ्ना विद्यार्थीलाई निःशुल्क उपचार सेवा दिने सम्झौता गरेको छ ।
मुलुकभरका त्रिवि मातहतका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले त्यस्तो उपचार सुविधा पाउने छन् । सम्झौताअनुसार ती अस्पतालले विद्यार्थीलाई प्रयोगशाला परिक्षण र बेड निःशुल्क रूपमा उपलब्ध गराउने छन् ।
त्रिविले विद्यार्थीबाट उपचार खर्चबापत प्रतिविद्यार्थी ५ सय रुपैया“ शुल्क लि“दै आएको छ । 

त्रिविले आव २०७३÷७४ देखि विद्यार्थीको स्वास्थ्य उपचार कोष खडा गरी त्यसैबाट निःशुल्क उपचार सेवा दिन थालेको हो । त्रिविले कोषबाट ती अस्पताललाई आफ्ना विद्यार्थीको निःशुल्क उपचार सुविधाबापतको खर्च उपलब्ध गराउँछ ।
विद्यार्थीलाई त्यस्तो उपचार सुविधा थप अरू अस्पतालबाट समेत दिन गृहकार्य भइरहेको जानकारी त्रिवि स्रोतले दिएको छ । त्रिविले आफ्ना सम्बन्धनप्राप्त क्याम्पसका विद्यार्थीलाई समेत त्यस्तो उपचार सुविधा थप गर्ने तयारी गरिरहेको छ । त्रिविमा ६२ आंगिक र एक हजार सम्बन्धन प्राप्त क्याम्पस छन् ।
त्रिविले आफूसित सम्बन्धन लिएका क्याम्पसहरूलाई समेत अनिवार्य रूपमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण निःशुल्क छात्रवृत्ति दिन निर्देशन दिएको छ । त्रिवि सभाले आफूसित सम्बन्धन लिएका क्याम्पसले समेत छात्रवृत्ति दिनुपर्ने निर्णय गरेर निर्देशन दिएको हो ।
यसअघि त्रिविका आंगिक क्याम्पसमा मात्र विद्यार्थीले छात्रवृत्ति पाउँदै आएका थिए । अब त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसमा समेत १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रूपमा छात्रवृत्ति दिइने छ । त्रिविले छात्रवृत्तिका लागि ३ करोड ७१ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

No comments:

Post a Comment