Monday, December 23, 2019

घूस लिने/दिने ६ जनाविरुद्ध मुद्दा

काठमाडौं, ६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहले सेवाग्राहीसित ठगीसम्बन्धी उजुरी मिलाइदिने बहानामा ९० हजार घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर, धनुषाका प्रहरी सहायक निरीक्षक नवीनकुमार झा, मालपोत कार्यालय सर्लाहीका खरिदार देवीचरण न्यौपाने र लेखनदास केशवबहादुर कार्की तथा काठमाडौं नापी कार्यालय सा“खुका अमिन सुशील बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।
छानबिनबाट झा, न्यौपाने, कार्की र बुढाथोकीले घूस लिएको र कार्कीले घूस दिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment