Sunday, March 17, 2019

जनताको सबभन्दा बढी लगानी हुने पहिलो आयोजना

माथिल्लो त्रिशूली ३ ‘बी’
काठमाडौं, २ चैत– नुवाकोट र रसुवा सिमास्थित ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् कम्पनी नेपाली जनताको झन्डै आधा ४९ प्रतिशत सेयर लगानीको पहिलो आयोजना हुने भएको छ ।
सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली, विद्युतको सेयर धनी’ नारासहित सुरु गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत १९ वटा जलविद्युत् आयोजना राखेको छ । यो कार्यक्रममा माथिल्लो त्रिशूली ३ ‘बी’ कार्यान्वयन हुने पहिलो आयोजना बनेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिएका छन् ।
माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजना सम्पन्न हुँदासम्म ऋण र ब्याजसहित ८ अर्ब २२ करोड रुपैया“ लागत अनुमान गरिएको छ । आयोजनामा प्रवद्र्धक नेपाल टेलिकम र विद्युत् प्राधिकरणको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहनेछ । यसअघि उक्त आयोजनामा टेलिकमको ३०, प्राधिकरणको ३०, निर्माणस्थल पर्ने जिल्ला रसुवा र नुवाकोटका सबै स्थानीय तहको ५, नुवाकोट र रसुवाबासीको ५, मुलुकभरका सर्वसाधारणको सेयर १५, नुवाकोट र रसुवाका जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका कम्पनीको १० र टेलिकम तथा प्राधिकरणको कर्मचारी गरी ५ प्रतिशत लगानी रहने गरी माथिल्लो त्रिशूली ३ ‘बी’ कम्म्पनी स्थापना भएको हो ।
कम्पनीले दुई वर्षपछि आगामी २०७७ को फागुन मसान्तसम्म आयोजनाको निर्माण सकी विद्युत् निकाल्ने गरी ठेक्का सम्झौता गरिसकेको छ । ठेकेदारले काम सुरु गरिसकेको छ । यो आयोजना ढिलोमा अबको एक वर्षभित्र सम्पन्न हुने ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केट आयोजना हो । अर्थात् माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट ६० मेगावाट बिजुली निकालिसकेपछि पानीलाई नदीमा नखसाल्दै त्यसैलाई पुनः दोस्रो सुरुङमार्फत विद्युत् गृहमा लगी ३७ मेगावाट बिजुली निकाल्ने क्यास्केड आयोजना हो ।
नदीमा इन्टेक र बालुवा थेग्य्राउने पोखरी बनाउनुपर्ने नभएकाले यो आयोजना लागतका हिसाबले सस्तो मानिन्छ । तर, निर्माण सुरु हुनासाथ ऊर्जा, सि“चाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनको प्रस्तावमा माथिल्लो त्रिशूली ३ ‘बी’ लाई जनताको जलविद्युत् कार्यक्रमभित्रको आयोजनामा पारिएपछि केही ढिला हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।
जनताको जलविद्युत् कार्यक्रमभित्र पारिएपछ माथिल्लो त्रिशूली ३ ‘बी’ को प्रवद्र्धक कम्पनीभित्र पुनः सेयर संरचना फेरबदल गर्नुपर्ने भएकाले निर्माण कार्य एक वर्षपछि धकेलिकने हो कि भन्ने चिन्ता बढेको हो । माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनाका म्यानेजर आनन्द ढुंगेलले भने लगानी संरचना फेरबदल हु“दैमा निर्माण कार्य सम्पन्न हुने समय पछाडि नधेकिलिने दाबी गरे । ‘अहिलेको लगानीको संरचनाअनुसार आयोजना अघि बढेको छ । ठेकेदार परिचालन भएर निर्माण कार्य सुरु भइसकेको छ,’ ढुंगेलले कान्तिपुरसित भने, ‘नया“ लगानी संरचनामा जानेबारेमा औपचारिक निर्णय भइसकेको छैन । अहिलेकै संरचनाअनुसार निर्माण कार्य सुरु भइसकेको छ । नया“ लगानी संरचनामा गयो भने पनि निर्माण कार्य यथावत् अघि बढ्नेछ । निर्माण कार्य समयतालिकाअनुसार नै सम्पन्न हुनेछ ।’
‘जनताको जलविद्युत् कार्यक्रम’ मा परेपछि नेपाली जनताको ४९ प्रतिशत तथा टेलिकम र विद्युत् प्राधिकरणको ५१ प्रतिशत लगानी रहने गरी कम्पनीको सेयर संरचना प्रस्ताव गरी कम्पनीको रजिस्ट्रार कार्यालयमा सेयर संरचना परिवर्तन गरिनेछ । जनताको ४९ प्रतिशत लगानी हु“दा स्थानीयबासी, प्रभावित जिल्ला, स्थानीय जलविद्युत् विकास कम्पनीलगायतको सेयर संरचना कति कति प्रतिशत रहने भन्ने निर्णय हुन बा“की छ ।
नेपाल धितोपत्र बोर्डले माथिल्लो त्रिशूली ३ ‘बी’ कम्पनीलाई आागामी चैत ७ देखि प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । आयोजना सम्पन्न हुने लगभग निश्चित भएपछि वा काम ५० प्रतिशत सकिएपछि मात्र आईपीओ निष्कासनको अनुमति दि“दै धितोपत्र बोर्डले माथिल्लो त्रिशूली ३ ‘बी’ कम्पनीलाई निर्माणको काम सुरु हुनासाथ आईपीओ जारी गर्ने अख्तियारी दिएको हो । ‘सरकारी स्वामित्वको विश्वासिलो कम्पनी भएकाले धितोपत्र बोर्डले माथिल्लो त्रिशूली ३ ‘बी’ लाई पहिल्यै आईपीओ जारी गर्ने अनुमति दिएको हो,’ ऊर्जा मन्त्रालयका एक अधिकारीाले कान्तिपुरसित भने । जनताको जलविद्युत कार्यक्रमअन्तथर्गत बन्ने आयोजनाको कुल जडित क्षमता ३५ सय मेगावाट हुनेछ ।
दोस्रो आयोजना माथिल्लो तामाकोसी ५
ऊर्जा मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ ‘बी’ पछि दोस्रो आयोजनाका रूपमा ९६ मेगावाटको तामाकोसी ५ जलविद्युतको निर्माण कार्य सुरु गर्ने भएको छ । विद्युत् प्राधिकरणले नै करिब १९ अर्ब ३० करोड रुपैयाँ लागतको तामाकोसी ५ आयोजना अघि बढाउने भएको छ । यो आयोजनामा समेत जनताको ४९ प्रतिशत लगानी रहनेछ । यो पनि क्यास्केड आयोजना हो । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको आयोजनाबाट विद्युत् उत्पादन भएपछि निस्कने पानीलाई नदीमा नफर्काई सोझै दोस्रो सुरुङमार्फत विद्युत् गृहमा लगी ९६ मेगावाट बिजुली निकाल्ने आयोजना हो । नदीमा बाँध (इन्टेक) र बालुवा थेग्य्राउने पोखरी नबनाईकन बनाइने आयोजना भएकाले यो आयोजना निर्माण लागतका हिसाबले सस्तो छ ।
डीपीआर तयार भइसकेको तामाकोसी–५ आयोजनाको निर्माणमा जान प्राधिकरण टेन्डर गर्ने तयारीमा छ ।

No comments:

Post a Comment