Thursday, March 7, 2019

सरकारी चिकित्सकद्वारा आन्दोलन फिर्ता

काठमाडौं, २० फागुन– सरकारी चिकित्सक संघ (गोदान) ले सरकारको आश्वासनपछि आइतबार आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।  स्वास्थ्य मन्त्रालयले सरकारी चिकित्सकका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानले जनाएको छ ।
गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रवीन खडाले आइतबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसित आफ्ना मागका सम्बन्धमा शनिबार छलफलसमेत भएको जनाएका छन् ।
गोदानले समायोजन गर्दा सरकारी चिकित्सकलाई संघ अन्तर्गत नै राख्नुपर्ने, स्थानीय तह र प्रदेश तहमा कार्यरत चिकित्सकको वृति विकास रोकिन नहुनेलगायतका माग उठान गर्दै आन्दोलन गर्दै आएको थियो ।

No comments:

Post a Comment