Friday, March 8, 2019

दुई उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सीडीई (उपसचिव) लालु गिरीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गिरीले भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिका लागि पेश्की तथा रनिङ बिल भुक्तानीका क्रममा सेवाग्राहीस“ग १८ लाख ५० हजार रुपैया“ घुस लिएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले अभियोगपत्रमा गिरीलाई भ्रष्टाचार निवारण ऐनबमोजिम १८ लाख ५० हजार रुपैया“ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ । मुद्दा दायर भएस“गै गिरी निलम्बित भएका छन् ।
यसैगरी अख्तियारले शहरी विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल निकास विभागका सीडीई (उपसचिव) मोतिउर रहमानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रहमानले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको पाइएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । रहमानसमेत निलम्बित भएका छन् ।


No comments:

Post a Comment