Monday, March 25, 2019

१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ११ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको षडानन्द नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १० जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि षडानन्दका साबिक वडा नं. ५ र ६ मा विद्युत् विस्तार परियोजनाको कुल लागत ५८ लाख ७९ हजार रुपैया“मध्ये उपभोक्ता समितिमार्फत २९ लाख ७४ हजारको मात्र काम गरी २८ लाख ९५ हजार हिनामिना गरेको आरोप छ ।
मुद्दा दायर गरिएकामा तत्कालीन प्रशासकीय अधिकृत जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर बिमलमान राई, सब–इन्जिनियर महेश कार्की, शिक्षा अधिकृत मणिराम तामाङ, वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य किशोर किरा“त, उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ (श्रेष्ठ) र संयोजक हेमकुमार श्रेष्ठ छन् । अख्तियारले अभियोगपत्रमा २८ लाख ९५ हजार रुपैयाँलाई बिगो मानी जरिवाना र जेल सजाय मागदाबी गरेको छ ।


No comments:

Post a Comment