Saturday, March 23, 2019

भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ८ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब दुई करोड रुपैयाँ अवैध आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
हाल करदाता सेवा कार्यालय पा“चथरका कर अधिकृत विकले ९ वर्षको सेवा अवधिमा ३ करोड १० लाख रुपैयाँ आर्जन गरेको र त्यसमध्ये १ करोड ८२ लाखको स्रोत नखुलेको (अनियमितता गरी आर्जन गरेको) पाइएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोगपत्रमा उनीविरुद्ध बिगो बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ । मुद्दा दायर भएसँगै विक पदबाट निलम्बित भएका छन् ।
यसैबीच अख्तियारले बैदेशिक रोजगार विभागंका नायव सुब्बा रामकुमार फुयाँललाई ६० हजार रुपैया“ घुस रकमसहित पक्राउ गरेको छ ।
बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई धम्की दिई ६० हजार घुस लिई जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खडकालाई राख्न दिएको अवस्थामा शुक्रबार पक्राउ परेका फुया“ललाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


No comments:

Post a Comment